Loving nepal news

Monday, July 12, 2010

सुदूर सन्देश दैनिकमाथि आक्रमण गर्ने सापकोटामाथि कानूनी कारबाही

सुदूर सन्देश दैनिकमाथि आक्रमण गर्ने सापकोटामाथि कानूनी कारबाही
कपिल भट्ट/कैलाली, २८ असार

पत्रिकाको कार्यालयमा तोडफोड र कुटपिटगर्ने एकीकृत नेकपा माओवादी कैलालीका १५ नम्बर इलाका इन्चार्ज टीकाराम सापकोटामाथि कानुनी कारबाही भएको छ। आइतबार उहा माथि आवश्यक कानूनी कारबाही चलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यसैबीच, नेपाल पत्रकार महासंघ, कैलालीले घटनामा दोषि सापकोटाले सार्वजनिक रुपमा आफ्नो गल्ती स्वीकारगर्दै क्षमायाचना गरेको जनाएको छ।
महासंघका जिल्ला अध्यक्ष दीर्घराज उपाध्यायले प्रेस विज्ञप्ती जारीगर्दै पत्रिकाको कार्यालयमा भएको तोडफोड र कुटपिटको घटनामा संलग्न सापकोटाले गल्ती स्वीकारगर्दै सार्वजनिक रूपमा क्षमायाचना गरी आगामी दिनमा यस्ता घटना नदोहर्‍याउने प्रतिबद्धता व्यक्त गरेको जनाएका छन्।
विज्ञप्तीमा सापकोटामाथि आवश्यक कानूनी कारबाही भएकोमा यस आन्दोलनमा ऐक्यबद्धता, सहयोग, शुभेच्छा जनाउने पत्रकारहरू, नेपाल पत्रकार महासंघ, केन्द्रीय समिति तथा सुदूरपश्चिमाञ्चल समन्वय समिति, नागरिक समाज, पेसाकर्मी र राजनीतिक दल सबैमा आभार तथा धन्यवाद व्यक्त गरिएको छ।
“घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाहीमा सहयोग पुर्‍याउदै आगामी दिनमा प्रेस स्वतन्त्रताप्रति पूर्ण सम्मान गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेकोमा एकिकृत नेकपा माओवादी कैलालीलाई धन्यवाद व्यक्त गर्दछौ” विज्ञप्तीमा उल्लेख छ।
असार २१ गते स्थानीय सुदूर सन्देश दैनिकको कार्यालयमा सापकोटा लगायत नौ/दश जनाको समूहले तोडफोड र कुटपिट गरेको थियो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks