'नेतृत्वको जिम्मेवारी आए सक्दैन भन्दैनौँ'
'नेतृत्वको जिम्मेवारी आए सक्दैन भन्दैनौँ'
काठमाडौँ, असार ३२ गते । मधेसवादी चार दल नयाँ सरकार निर्माणका सन्दर्भमा साझा दृष्टिकोणसहित अगाडि बढ्ने भएका छन् । उनीहरूले तीन ठूला दल सहमत भइसकेको राज्य पुनर्संरचना आयोग गठनको औचित्य नरहेको दृष्टिकोण पनि सार्वजनिक गरेका छन् ।
सद्भावना पार्टीको संसदीय दलको कार्यालयमा शुक्रबार बसेको सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम नेपाल र मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक)को बैठकले सरकार निर्माणका सवालमा साझा दृष्टिकोण बनाउने निर्णय गरेको हो ।
यी दलले मधेस र मधेसीसँग सम्बन्धित राजनीतिक मुद्दामा एकताबद्ध भएर अगाडि बढ्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई पुनः क्रियाशील बनाउने निर्णय पनि गरेका छन् ।
'मुलुकको विद्यमान राजनीतिक जटिलताबाट निकास दिन, नयाँ सरकार गठन र शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन साझा निष्कर्षमा पुग्न हामी सहमत भएका छौँ' सद्भावना पार्टीका राजेन्द्र महतो, तमलोपाका महन्थ ठाकुर, मजफो, नेपालका उपेन्द्र यादव र मजफो नेपाल -लोकतान्त्रिक)का शरतसिंह भण्डारीद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा भनिएको छ । हाल कायम गठबन्धन निर्माणका बेला विभाजित मधेसी जनअधिकार फोरमका दुई घटक नयाँ सरकार निर्माणका सन्दर्भमा पहिलोपटक सँगै बसेर 'संयुक्त लोकतान्त्रिक मधेसी मार्चा'लाई पुनः क्रियाशील बनाउने र सरकार निर्माणमा साझा दृष्टिकोण बनाउने सहमति भएको हो ।
यसअगाडि मजफो नेपाल एनेकपा माओवादी निकट रहेर वर्तमान 'लोकतान्त्रिक गठबन्धन'को संयुक्त सरकारमा सहभागी भएको थिएन भने मजफो नेपाल -लोकतान्त्रिक)समेत अरू मधेसवादी दलहरू वर्तमान गठबन्धनको सरकारमा सहभागी छन् ।
'हामी पुनः एकताबद्ध भएका छौँ, हामीबीच रहेका तिक्तता कम गर्दै साझा दृष्टिकोणका आधारमा अगाडि बढ्न फेरि प्रयास गरेका छौँ' फोरमका अध्यक्ष यादवले थप्नुभयो- सरकारको नेतृत्वको जिम्मेवारी आए सक्दैनौँ भन्दैनौँ । फोरम लोकतान्त्रिकका शरतसिंह भण्डारीले आफूहरूको मूल मुद्दा संविधान लेखन रहेको उल्लेख गर्दै संविधान र मधेसका साझा मुद्दा समाधानका लागि एक भएर अगाडि बढिने बताउनुभयो ।
मधेसी मोर्चा क्रियाशील बनाउन सहमत यी दलले नयाँ सरकारका लागि औपचारिक रूपमा आˆनो तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार खडा गर्ने वा
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks