Loving nepal news

Friday, July 16, 2010

आˆनै नेतृत्वमा सरकार बनाउन पहल

आˆनै नेतृत्वमा सरकार बनाउन पहल
काठमाडौँ, असार ३१ गते । सरकार गठन र नेतृत्वको विषयमा छलफल गर्न बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आˆनै नेतृत्वमा सरकार गठन गर्न एकीकृत नेकपा (एमाओवादी)लगायतका दलहरूसँग तत्काल वार्ता सुरु गर्ने निर्णय गरेको छ । यसअघि सो पार्टीले सरकारको नेतृत्व गर्ने विषयमा औपचारिक निर्णय गरेको थिएन ।

बैठकले दलहरूसँग वार्ता थाल्न कार्यवाहक सभापति सुशील कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवालाई जिम्मा दिएको छ ।

नेपाली काङ्ग्रेसको शनिबार बिहान बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट मात्रै कसको नेतृत्वमा सरकारमा जाने भन्ने कुराको टुङ्गो गर्ने भएको छ ।

उपप्रधानमन्त्री एवं त्यस पार्टीकी नेत्री सुजाता कोइरालालगायतका केही नेताले भने राष्ट्रिय सहमतिको सरकारको नेतृतव गर्ने अवसर आएमात्रै नेपाली काङ्ग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने भनाइ सार्वजनिक गर्दै आउनुभएको छ । अन्यथा सरकारको नेतृत्व गर्न नहुने उहाँहरूको अडान छ ।

आˆनो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरे पनि नेपाली काङ्ग्रेसले शान्तिसम्झौताको पालना र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि संविधान निर्माण गर्न सहमति, सहकार्य र एकताको बाटोलाई नै निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको सहमहामन्त्री एवं प्रवक्ता अर्जुननरसिंह केसीले बताउनुभयो ।

उहाँले भन्नुभयो, "बैठकले शान्तिप्रक्रिया र संविधान निर्माणका लागि जिम्मेवारीपूर्वक अग्रसरता लिने तथा सहमति, सहकार्य र एकताको नीतिलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न वर्तमान गठबन्धन दलहरूबीच एकता कायम राख्दै आˆनै नेतृत्वमा सरकार निर्माण गर्ने निर्णय गरेको छ ।"

साथै बैठकले एमाओवादीलगायत संविधानसभाभित्रका सबै दलसँग समर्थन र सहभागिताका लागि अनुरोध गर्ने र यसनिम्ति सघन संवाद र वार्ता थाल्ने निर्णय गरेको पनि प्रवक्ता केसीले जानकारी दिनुभयो ।

बैठकले परिमार्जनसहित राजनीतिक सहमतिको अवधारणा पारित गर्ने निर्णय पनि गरेको छ ।

एमाओवादीले केही दिनअघि प्रस्तुत गरेको सेना समायोजनको खाकाप्रतिको विमति र मुलुकमा राजनीतिक सहमतिको आवश्यकतालाई उक्त अवधारणापत्रमा समेटिएको छ । अवधारणापत्र शुक्रबार सार्वजनिक गर्ने कार्यक्रम छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks