बारा, श्रावण १३ - सशस्त्र हतियारधारी अज्ञात समूहले बुधबार राति बारामा एक जना माओवादी कार्यकर्ताको गोली हानी हत्या गरेको छ ।
उक्त समूहले माओवादी सम्बद्ध योङ्ग कम्युनिष्ट लिगका बारा क्षेत्र नं. २ का ईञ्चार्ज प्रशुरामपुर गाविस जोलगावा टोल निवासी खेशरी भनिने ३७ वर्षीय रुपनारायण प्रसाद यादवको गोली हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराक प्रहरी उपरीक्षक मनोज न्यौपानेले बताए ।
तीन जनाको संख्यामा आएको उक्त समूहले राति डेढ बजे स्थानीय जगत प्रसाद यादवको छतमा सुतिरहेको अवस्थामा रुपनारायण छातीमा गोली हानेको प्रहरीले बताएको छ ।
गोली लागी घाईते भएका यादवलाई उपचारको लागी कलैया अस्पतालमा ल्याईएकोकोमा चिकित्सकले मृत घोषित गरेको थियो । मृतकको शव कलैया अस्पतालमा राखिएको छ ।
हतियारधारी समूह भने भाग्न सफल भएको छ र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks