भक्तपुर, श्रावण १० - पूर्व राजा ज्ञानेन्द्रको समाचार संकलनका लागि पुगेका संचारकर्मीहरुलाई सुरक्षाकर्मी र स्थानीयले सोमबार कुटपिट गरेका छन् । ज्ञानेन्द्र भक्तपुरस्थित चितपल-७ मा आयोजित महायज्ञको समापनमा पुगेका थिए ।
ज्ञानेन्द्रसंग प्रतिक्रिया लिन लाग्दा उनको सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा यज्ञ व्यवस्थापन समितिका मानिसहरुले पत्रकारहरुलाई दुव्र्यवहार गर्दै कुटपिट समेत गरेका हुन् । कुटपिटबाट काभ्रे पत्रकार महासंघका सभापति भोला थापा,काभ्रे कान्तिपुरकर्मी मनोज वस्नेत हातमा चोट लागेर घाइते भएका छन् । भक्तुरस्थित कान्तिपुरकर्मी मकर श्रेष्ठ र सगरमाथा टेलिभिजनको क्यामरा फुटाइएको छ । त्यहाँ भक्तपुर र काभ्रेका संचारकर्मी रिपोर्टिङका लागि पुगेका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks