Loving nepal news

Sunday, July 11, 2010

२०१० को बिश्व कप बिजेताः स्पेन



खेलको ११६ औं मिनेटमा स्पेनका र्इनेष्टाले गोल गर्दै स्पेनलार्इ जितायो
काठमाडौं, २८ आषाढ (दैनिकी)

दक्षिण अफ्रिकामा भइरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत आर्इतबार भएको फाइनल खेलमा स्पेनले नेदरल्याण्डलार्इ थप समयमा १-० ले पराजित गर्दै बिश्व बिजयी भएको छ। यस जीतका साथ स्पेन पहिलो पटक फार्इनलमा प्रवेस गरेपछी नै बिश्व बिजेता हुने गौरब पाएको छ। यस खेलमा बेलायती निर्णायक हावार्ड वेबले १४ वटा पहेलो कार्डहरू देखाएका थिए।

पुर्ण समयसम्म कुनै टोलीले गोल गर्न नसकेपछी ३० मिनेट थप खेल शुरू भएको थियो। थप समयको ५ औं मिनेटमा स्पेनका इनेष्टाले दिएको पासलार्इ फाब्रिगासले गोलमा परिणत गर्न सकेन। नेदरल्याण्डका गोली मार्टेन स्टेकेलेनबर्गले अगाडी बढेर उक्त बलका बीचमा आएर उतकृष्ट बचाउ गरेको थिए। यस पछी फेरी एक पटक स्पेनका इनेष्टाले गोल गर्ने मौका पाएको थियो, तर उनले धेरै समय लिएपछी सो बल गोल हुन सकेन।

खेलको ९९ औं मिनेटमा नेदरल्याण्डले निगेल डे जोगंको ठाँउमा भ्यान डि भार्टलार्इ उतारेको थियो। स्पेनले लगातार आक्रमक खेलको प्रदर्शन गरिरहेको भएतापनि गोल भने गर्न सकेको थिएन। फेरी एक पटक नाभासको प्रहार खेर गएको थियो। यसको लगत्तै फाब्रिगासको प्रहार खेर गएको थियो।

खेलको १०५ औं मिनेटमा नेदरल्याण्डले जिओभान्नि भ्यान ब्रोन्क्खोर्स्तको ठाँउमा ब्राफ्हेइदलार्इ उतारेको थियो। खेलको १०६ औं मिनेटमा स्पेनले डेभिड भिल्लाको ठाँउमा टोरेसलार्इ उतारेको थियो।

खेलको १०९ औं मिनेटमा जोन हेइतिगांले फल प्रहार गरेपछी दोस्रो पटक पहेलो कार्ड पाएकोले बेलायती निर्णायक हावार्ड वेबले उनलार्इ रातो कार्ड दिएर मैदान बाहिर पठाएका थिए। खेलको ५४ औं मिनेटमा नेदरल्याण्डका भ्यान डर वेलले स्पेनका र्इनेष्टालार्इ फल प्रहार गरेपछी पहेलो कार्ड पाएका थिए।

खेलको ११६ औं मिनेटमा स्पेनका टोरेसले दिएको पासलार्इ र्इनेष्टाले गोल गर्दै स्पेनलार्इ पहिलो पटकको फार्इनलमा नै बिश्व बिजेता बनाएको छ। खेलको ११७ औं मिनेटमा नेदरल्याण्डका माथिजसेनले फल प्रहार गरेपछी पहेलो कार्ड पाएका थिए। यसको लगत्तै ११८ औं मिनेटमा स्पेनका इनेष्टाले फल प्रहार गरेपछी उनले पनि पहेलो कार्ड पाएका थिए। यस पछी फेरी खेलको १२१ औं मिनेटमा स्पेनका जाभीले फल प्रहार गरेपछी उनले पनि पहेलो कार्ड पाएका थिए। यो खेलको १४ औं पहेलो कार्ड थियो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks