Loving nepal news

Monday, July 12, 2010

पहिरोमा पुरिएर दसको मृत्यु

पहिरोमा पुरिएर दसको मृत्यु
रमेश पौडेल/एकराज गिरी/अर्जुन काफ्ले




पोखरा, असार २७ गते । अविरल वषर्ापछि आएको पहिरोले पुरिएर आइतबार बिहान कास्कीको मिजुरेडाँडा र कृष्तिनाच्नेचौरमा गरी दुई परिवारका आठजनाको मृत्यु भएको छ ।

मिजुरेडाँडा गाविस वडा नम्बर आठस्थित गहतेमा माइला दमाइको घर पहिरोले पुरिँदा उहाँका दुई छोरा र एक छोरी गरी तीनजनाको मृत्यु भएको छ ।

घटनामा १२ वषर्ीय राजेन्द्र परियार, सात वषर्ीय शोभाकर परियार र चार वषर्ीया सुकमाया परियारको मृत्यु भएको प्रहरीले बताएको छ ।

बिहान करिब तीन्ा बजेतिर घरमाथिको खेतको गह्रा बगेर घर पुरिँदा सो घटना भएको हो । घटनामा माइला दमाई र उहाँकी श्रीमती र दुई छोरा भागेर ज्यान जोगाउन सफल भएका छन् । पोखरादेखि पूर्वी दिशामा पर्ने घटनास्थल तीन घण्टा मोटरबाटो र तीन घण्टा पैदल दूरीमा रहेको छ ।

यस्तै, कास्कीको कृष्तिनाच्नेचौरको मट्टीखानस्थित पूर्णबहादुर सार्कीको घर पहिरोले बगाउँदा उहाँसहित परिवारका पाँचजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पूर्णबहादुरका श्रीमती माया सार्की, ११ वषर्ीया छोरी पूजा, छ वषर्ीया पि्रया र साढे दुई वषर्ीया प्रतीक्षा छन् ।

अविरल वषर्ापछि बिहान ४ बजेतिर आएको पहिरोले घर बगाउँदा परिवारका पाँचैजना बेपत्ता भएकोमा दिउँसो १ बजे मृत भेटिएका हुन् ।

घटनापछि दुवै स्थानमा उद्धारका लागि पोखराबाट प्रहरी, नेपाली सेना र रेडक्रस पुगेको थियो ।

यता, कास्कीको लेखनाथ नगरपालिका वडा नम्बर ११ एकान्तकुनामा पनि पहिरोले मनबहादुर तामाङ र रुद्रबहादुर तामाङको घर बगाएको छ ।

कास्कीकै सराङकोट गाविसको तोरीपानीमा रहेको हिमलाल तिमिल्सेनाको घरलाई पनि पहिरोले क्षति पुर्‍याएको छ ।

कास्कीको पुम्दीभुम्दी-२ कालीमाटीमा पहिरो जाँदा गएरातिदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग मध्याहृनपछि सञ्चालनमा आएको छ । सडक विभागको डोजरले पहिरो हटाएपछि राजमार्ग सञ्चालनमा आएको हो ।

त्यस्तै, फिर्के पुलमुनि सुकुम्बासीमा चार घर पनि डुबानमा परेका छन् । अविरल वषर्ाका कारण कास्कीको लामाचौरस्थित गण्डकी बोर्डिङ्ग स्कुल र नवआदर्श क्लब जोड्ने पश्चिमतर्फको ग्राविल सडक भास्सिएको छ । सडक भास्सिँदा क्लब भवनको तीनवटा सटर भास्सिँदा झन्डै पाँच लाख बराबरको क्षति भएको क्लब अध्यक्ष नवीन भण्डारीले बताउनुभयो ।

उता, लाहाचोकको मर्दिपुल नजिकै मधुसूदन अधिकारी र छिमेकीको घर पनि पहिरोले बगाएको छ ।

यसैगरी, दुई दिनदेखि अविरल रूपमा परेको वषर्ाबाट स्याङ्जाको फेदीखोलामा गएको पहिरोमा पुरिएर आमा छोराको मृत्यु भएको छ ।

फेदीखोला गाउँ विकास समिति वडा नं. ४ जोगीस्थानका वर्ष २७ की गङ्गा महत र उनका छोरा वर्ष चार का कुशल महतको पहिरोमा पुरिएर मृत्यु भएको हो । घरका अन्य पाँचजना भने सकुशल रहेका छन् ।

आइतबार बिहान घरमाथिको खरबारीबाट आएको पहिरोले घरको कोठीमा सुतिरहेका महतका आमा छोरा पुरिएका हुन् । आमा छोरालाई आइतबार बिहान प्रहरीले मृत अवस्थामा पहिरोबाट निकालेको थियो ।

उता, वषर्ाकै कारण स्याङ्जा पोखरा खण्डको सिद्धार्थ राजमार्गको फेदीखोला गाउँ विकास समिति वडा नं. ७ र ९ मा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको थियो । राजमार्ग अवरुद्ध भएपछि हजारौँ यात्रु अलपत्रमा परेका थिए ।

राजमार्गमा ठूलो पहिरो खसेपछि पाँच घण्टासम्म राजमार्ग अवरुद्ध बनेको थियो । पहिरो हटाउन सडक विभागले पोखराबाट डोजर पठाएपछि पहिरो हटेको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks