देशभर भन्सार ठप्प, प्रजिअ काठमाडौँ फिर्ता
gorkhapatra,
असार २४ गते । कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोप लागेका मोरङका प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठलाई गृहमन्त्रालयले फिर्ता बोलाएको छ ।
प्रमुख जिल्ला अधिकारीमाथि कारबाहीको माग गर्दै कर्मचारीहरूले आन्दोलन चर्काएपछि प्रजिअ श्रेष्ठलाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुने गरी बिहीबार फिर्ता बोलाएको हो । प्रजिअ श्रेष्ठ बिहीबार अपराहृन काठमाडौँ र्फकनुभएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रजिअ सुरेन्द्र पौडेललाई निमित्त तोकेको छ । विशाल केमिकल र विशाल जर्दा उद्योगमा छापा मारेको विषयमा आन्तरिक राजस्व, भन्सार र जिल्ला प्रशासन कार्यालयबीच बढेको विवादका कारण प्रजिअ श्रेष्ठलाई मन्त्रालय झिकाइएको हो ।
मङ्गलबार राति प्रजिअ श्रेष्ठले विराटनगर भन्सार कार्यालयका अधिकृत मानबहादुर पौडेललाई इटहरीस्थित घरबाट प्रहरी लगाएर कार्यालयमा उपस्थित गराउनुभएको थियो । त्यस घटनाको विरुद्धमा भन्सारका कर्मचारीहरूले दुई दिनसम्म देशभरका भन्सार कार्यालय ठप्प पारेका थिए । यस्तै, कर्मचारी सम्बद्ध विभिन्न सात टे्रेड युनियनले बिहीबार विराटनगरमा प्रजिअ श्रेष्ठलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए ।
प्रमुख जिल्ला अधिकारीले भन्सार कर्मचारीलाई दुव्र्यवहार गरेको विरोधमा बिहीबार कर्मचारीहरूले जिल्ला प्रशासन कार्यालय घेराउ गरी नाराबाजी गरेका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks