भारत र चीनको सहयोगमा फेरिँदै छ मुस्ताङको मुहार
ठाकुरप्रसाद आचार्य
बेनी (म्याग्दी), असार २३ गते । हिमालपारिको जिल्ला मुस्ताङमा भारत र चीन दुवै छिमेकी मुलुकले सहयोग बढाएका छन् । कतिपयले दुवै मुलुकले प्रतिस्पर्धी रूपमा त्यहाँ लगानी बढाएको ठानेका पनि छन् ।
मुस्ताङको कोवाङदेखि चीनको तिब्वतसँग जोडिएको उपल्लो मुस्ताङसम्म भारतले विकास निर्माणको क्रममा करोडौँ लगानी गरिसकेको छ । मुस्ताङका विद्यालय, गुम्बा, पुल, खानेपानी, मोटरबाटोमा भारतले लगानी गरेको हो । अर्को छिमेकी मुलुक चीनले पनि मुस्ताङमा आˆनो लगानी बढाउन थालेको छ । भारत सरकारले आˆनो राष्ट्रसँग सिमाना जोडिएका मुस्ताङको विभिन्न गाविसमा लगानी गर्न थालेपछि चीन सरकाले पनि नेपालमा गर्दै आएको सहयोगलाई मुस्ताङमा केन्दि्रत गर्ने सङ्केत दिएको छ ।
आर्थिक समृद्धिमा प्रतिस्पर्धी भारतले मुस्ताङमा ठूलो लगानी गर्न थालेपछि चीन सरकारले पनि तिब्बतको झोङवासेन जिल्लासँग सिमाना जोडिएको छोसेर गाविसमा पर्ने दिव्यदीप माविको भवन निर्माण, पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर कक्षसहितको दुईतले भवन निर्माणका गर्नका लागि एक करोड रुपियाँ सहयोगको सम्झौतापत्रमा हस्ताक्षर गरी विद्यालयबाट आˆनो सहयोग सुरु गरेको छ । छोसेर गाविसलगायत उपल्लो मुस्ताङका अन्य गाविसबाट पछिल्लो समय चीन विरोधी गतिविधिमा सरिक तिब्बतीहरू विभिन्न बहानामा झोङवासेन जिल्लामा प्रवेश गरिरहेको आशङ्कामा चीनले त्यस क्षेत्रमा सहयोग केन्दि्रत गरेको बताइएको छ । गत वर्षको फागुन २१ गते मुस्त्ााङ आउनुभएका चिनियाँ राजदूत क्यु गो हवाङले छिमेकी राष्ट्रको विकासमा चीन सरकार प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि आर्थिक, भौतिक सहयोग निरन्तर गरिरहने बताउनुभएको थियो ।
भारतले मुस्ताङ जिल्लामा मात्र १७ करोड रुपियाँ सहयोग गरिसकेको छ । मुस्ताङको कोबाङमा रहेको जनआदर्श माविको भवन, जनशान्ति माध्यमिक विद्यालय कागबेनीको पुस्तकालय, जोमसोमको जनहित उच्च मावि, टुकुचेको टुकुचे उच्च मावि, उपल्लो मुस्ताङको लोमान्थाङको महाकरुणा शाक्पा विद्यालयको भूमिगत खानेपानी ट्याङ्कीलगायत विभिन्न दुई दर्जन विकास निर्माणका कार्यमा भारतले सहयोग गरेको हो । भारतले लोमान्थाङस्थित छोटे गुम्बामा रहेको महाकरुणा शाक्यापा विद्यालयमा भवन निर्माण गर्न रु. दुई करोड ६७ लाख र थप १४ लाख, जनशान्ति मावि कागबेनीमा नेपाल-भारत मैत्री पुस्तकालको निर्माण गर्न रु. ५९ लाख ५७ हजार सहयोग गरेको छ । त्यसैगरी, जनआर्दश मावि कोवाङको भवन निमार्णका लागि रु. दुई करोड ५८ लाख ९९ हजार, मुक्तिनाथ गाविसको झारकोट गाविसमा सामुदायिक भवन निर्माण गर्न रु. ५२ लाख ८१ हजार, मुक्तिनाथ धर्मशाला निर्माणका लागि रु. दुई करोड ९९ लाख सहयोग गरिसकेको छ । आगामी वर्षमा पुल, गुम्बा र धर्मशालालगायतमा भारतले रु. ११ करोडभन्दा बढी सहयोग गर्ने जनाएको छ । भारत सरकारको लगानीमा निर्मित भवनको उद्घाटन गर्न मुुस्ताङ आएका भारतीय राजदूत राकेश सुदले भारत सरकारले मुस्ताङमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएको मुस्ताङका स्थानीय विकास अधिकारी मणिकुमार ज्ञवालीले बताउनुभयो ।
उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर, छुसाङलगायत तल्लो मुस्ताङका केही गाविसमा सहयोग गर्न थालेपछि चीनले पनि आˆनो सहयोगलाई मुस्ताङमा केन्दि्रत गर्ने रणनीति अपनाएको हुनसक्ने स्थानीय बासिन्दाको भनाइ छ ।
चीन सरकारले नेपाल सरकारलाई वाषिर्क १५ करोड युआन दिँदै आएको छ । त्यसबाट उसले मुस्ताङमा लगानी गर्न नेपाल सरकारलाई सुझावसमेत दिने गरेको जानकारहरूले बताएका छन् । मुस्ताङमा चीन, भारत, अमेरिका, डेनर्माकलगायतका देशले शिक्षा, स्वास्थ्य, धर्मशालालगायतका क्षेत्रमा लगानी गरेको भए पनि भारत र चीन बाहेक अन्य देशले के कति लगानी गरिरहेका छन् भन्नेबारेमा जिल्ला विकास समिति, जिल्ला प्रशासनलगायतका कार्यालयलाई समेत जानकारी छैन ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks