Loving nepal news

Saturday, July 10, 2010

कोसीमा जलस्तर बढदै/तटबन्ध र ब्यारेज मर्मत भएन्

कोसीमा जलस्तर बढदै/तटबन्ध र ब्यारेज मर्मत भएन्
इनरुवा, अषाढ २६ - निरन्तरको वर्षाका कारण कोसी नदीमा जलस्तर बढदै गएको छ । पानीको सतह बढदै गएको भएपनि कोसी ब्यारेज र पुर्वी तटबन्ध अन्तरगत मरम्मत गर्नुपर्ने ठाउमा समेत मर्मत भएको छैन् । कोसी ब्यारेज भएर शनिबार एकलाख ३० हजार सातसय ८० क्युसेक पानी प्रति सेकेन्डका दरले बहाब भएको प्रहरीले जनाएको छ ।

कोसीमा आज भएको पानीको बहाब यसवर्षकै उच्च बहाब हो । पानी बढेसंगै कोसीको पूर्वी तटबन्ध अन्तरगत सुनसरीको पुल्थेगौडा स्थित स्पर नम्बर ११ र १२ को बीचमा केही तल्लो भाग तीन मिटर कटान गरेको जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय बिराटनगरका इन्जिनयर मोहन भटराइले बताए ।

सुनसरीको प्रकासपुर देखी उतरको क्षेत्रमा रहेको कोसीको पुर्वी तटबन्धको मरम्मत गर्ने जिम्मा नेपाल सरकारको हो । प्राबिधिकहरुले पटक पटक प्रकासपुरदेखी पुल्थेगौडा सम्मको क्षेत्रमा मरम्मत गर्न सरकारलाइ सुझाव दिएपनि वजेट अभावमा काम हुन सकेकेा छैन । पुर्वी तटबन्धको १० नम्बर स्परको मर्मतका लागि टेण्डर खोलेर ठेक्का दिइसक्दा पनि बजेट अभाबमा काम हुन नसकेको जल उत्पन्न प्रकोप नियन्त्रण कार्यलयले जनाएको छ ।

कोसीमा पानीको बहाब बढदै गएपनि पानी निकासका लागि वनाइएको कोसी ब्यारेजको मर्मत कार्य अझै सकिएको छैन् । पाच महिनादेखि सुरु भएको ब्यारेजको मर्मत कार्य अझै पूर्ण हुन सकेको छैन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks