Loving nepal news

Friday, July 9, 2010

बस पल्टियो, ४० घाइते, ६ गम्भिर


कान्तिपुर संवाददाता
इनरुवा, अषाढ २५ - सुनसरीको महेन्द्रनगरमा शुक्रबार दिउँसो दुई वजे बस पल्टिदा ४० जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

महेन्द्रनगरवाट झुम्का तर्फ आइरहेको को १ ख २२४८ नम्बरको बस महेन्द्रनगर ७ को पुलहा भन्ने ठाउँमा पल्टिएको थियो । घटनामा गम्भिर घाइते ६ जनालाइ उपचारको लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको वाँकी घाइतेको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । वाटोमा खाल्टो रहेको र पानी परेकाले चालकले नियन्त्रण गुमाउँदा बस पल्टिएको प्रहरीले जनाएको छ । बसका चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks