Loving nepal news

Sunday, June 13, 2010

घरेलु बालमजदुरको रहस्यमय मृत्यु

घरेलु कामदारका रुपमा दुरुपयोग भएका बालबालिकाहरुले चर्को यातना पाउने गरेका घटनाहरु सार्वजनिक भईरहेका बेला बुटवलमा एक डाक्टरको घरमा काम गर्ने बालकको रहस्यमय तरिकाबाट मृत्यु भएको छ ।




बुटवलको लुम्बिनी अञ्चल अस्पतालका सर्जन डाक्टर रमेशमान सिंहको घरमा काम गर्ने १४ बर्षीय बालक सुबास चौधरी डाक्टरकै घरमा हिजो सांझपख मृत अवस्थामा फेला परेका हुन । डाक्टर परिवारले बालकले झुण्डिएर आत्महत्या गरेको जिकिर गरेका छन् । तर बालकका आफन्त र डाक्टरका छिमेकीहरुले भने सुवासको यातनाबाट मृत्यु भएको दावी गर्दै कडा कारबाहीको माग गरेका छन् । मृतक बालककी आमा विष्णु चौधरीले यसअघि पनि डाक्टर परिवारले आफ्नो छोरालाई चर्को यातना दिएको बतााउदै यातनाबाटै छोराको मृत्यु भएको दावी गरिन । उनले छोरालाई डाक्टर परिवारले पहिले बाहिर निस्कन र आफूहरुसंग भेट्न समेत नदिने गरेको अहिले यातनाबाटै मारेको बताउँदै न्यायकालागि सहयोग गर्न आग्रह गरिन ।



रुपन्देहीको आनन्दवन गाबिस- १२ का सुवास विगत एक बर्षदेखि डा.सिंहको घरमा काम गर्दै आएका थिए । उनी बुटवलको सिद्धेश्वरी माविमा कक्षा ४ मा पढ्दथे ।



ईलाका प्रहरी कार्यलय बुटवललका डिएसपी दानबहादुर कार्कीले घटनाको प्रकृति हेर्दा बालकले आत्महत्या गरेको देखिएपनि थप अनुसन्धान जारी रहेको बताए । प्रहरीले डा.सिंहलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks