कांग्रेस महामन्त्री विमलेन्द्र निधिले माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार नबन्ने दाबी गरेका छन् ।
'हतियार र लडाकु रहेको पार्टीलाई सरकारको नेतृत्व कुनै पनि हालतमा दिन सकिदैन' शुक्रबार प्रेस युनियनले यहाँ गरेको भेटमा उनले भने ।
सरकारको नेतृत्व गर्ने चाहना भए माओवादीलाई नागरिक पार्टी बन्नु पर्ने उनको भनाइ थियो । कांग्रेसको मुख्य ध्यान शान्ति प्रकृयालाई टुङ्ग्याउने र संविधान निर्माणमा केन्द्रीत रहेको निधिले वताए । माओवादी बेइमानी कारण दुई वर्ष भित्र संविधान लेख्न नसकिएको उनले आरोप लगाए ।
सरकारको नेतृत्व आफ्नो पार्टीको प्राथमिकतामा भए पनि सहमति भए प्रधानमन्त्रीका लागि पार्टीमा विवाद नरहेको उनले दावी गरे । 'संक्रमणकाल भएकाले संसदीय दलको नेता भन्दा बाहिरवाट पनि प्रधानमन्त्री बन्न सक्छ' सञ्चारकर्मीको जिज्ञासामा निधिले भने, 'अन्य पार्टीहरुमा पनि त्यस्तै भएको छ ।'
यसैगरी कांग्रेस नेता एवं सिँचाइ मन्त्री बालकृण खाँडले अव वन्ने सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने धारणा राखे । 'मुलुकले माओवादी र एमालेको नेतृत्ववाट पार नपाएका कारण कांग्रेसको विकल्प अरु हुन सक्दैन' उनले भने ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks