Loving nepal news

Sunday, June 13, 2010

युवकको मृत्युपछि कालीकोटमा तनाव,स्थिति नियन्त्रणमा लिन कर्फ्यु

होटल ब्यवसायीको कुटपिटपछि स्थानीय एक युवकको मृत्यु भएको छ । यवुकको मृत्युपछि आक्रोशित स्थानीयबासीले मान्म बजारस्थित खाम्माहरुका होटल र प्रहरी बिट तोडफोड गरेका छन् । कालीकोटको सदरमुकाम मान्मस्थित सुर्खेती मःम सेन्टरमा आइतवार बेलुकी खाजा खाएको पैसा तिर्ने क्रममा बिवाद हुँदा होटल ब्यससायी गोपाल रावतसहितका ५ जनाको कुटपिटपछि मेहेलमुडी १ उजेलाउ निवासी २६ वर्षीय बसराज शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक शाही एमाले मेहेलमुडी गाउँ कमिटीका अध्यक्ष हुन् ।




होटलमा खाजा खाएको रकम तिर्ने क्रममा भएको बिवादमा होटल ब्यवसायी रावत, उनकी पत्नी हिरा, पासार्ग लामासहितले शाहीलाई कुटपिट गरेपछि उपचारका लागि स्थानीय मेडिकलतर्फ लैजानेक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।



तोडफोड हुन थालेपटि प्रहरीले अश्रुग्यास र लाठी चार्ज गरेको थियो । त्यति गर्दा पनि अवस्था तनावग्रस्त बनेपछि आइतवार साझ ८ बजेदेखि सोमवार विहान ८ बजेसम्मका लागि स्थानीय प्रशासनले मान्म बारमा कर्फ्यु लगाएको छ । कर्फ्यु सोमबार बिहान ७ बजेसम्म पनि हटेको छैन ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks