Loving nepal news

Friday, June 4, 2010

डा. भक्तमान बेपत्ता होइन, अपहरणमाः माओवादी आयोग

माओवादीले भरतपुरस्थित वीपी कोइराला क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठ 'बेपत्ता नभइ अपहरणमा' परेको ठहर गरेको छ । श्रेष्ठ छानविनका लागि माओवादीद्वारा गठीत तीन सदस्यीय कार्यदलले शुक्रबार यहाँ प्रतिवेदन सार्वजनिक गर्दै उनी अपहरणमा परेको ठहर गरेको हो ।




माओवादी स्थायी समितिका सदस्य एवम् सभासद अमिक शेरचनको संयोजकत्वमा गठीत तीन सदस्यीय आयोगले गत आइतवारदेखि चितवनमा सरोकारवालासँग लिएको बयानका आधारमा तयार पारेको प्रतिवेदनमामा 'उनी स्वेच्छाले बेपत्ता नभएर अपहरणमा परेको देखिन्छ' भन्ने उल्लेख छ ।



१८ दिनदेखि अपहरणमा परेका 'भक्तमानको शव नदेखिएसम्म त उनी जिवितै छन् भन्ने हुन्छ,' प्रतिवेदन सार्वजनिक गर्दै समितिका संयोजक एवम् सभासद अमिक शेरचनले सञ्चारकर्मीसँग भने 'आयोगले के गर्‍यो त भन्ने कुरा आउँछ भनेर नै हामीले सबैसँग प्रत्यक्ष भेटघाट गरेर बयान लिएका हौ ।'



आयोगले थाहा पाएका कतिपय कुरा अहिलेनै सार्वजनिक गर्न नमिल्ने शेरचनले बताए । 'उनको जीवन रक्षा गर्नु आयोगको पहिलो मिसन हो,' संयोजक शेरचनले भने । शेरचनले यो प्रारम्भिक छानविन मात्र भएको दोहोर्‍याउदै आयोगले छिट्टै काठमाडौं र पोखरामा समेत पुगेर मिसन अघि बढाउने जानकारी दिए ।



आयोगका सदस्य तथा सभासद चित्रबहादुर श्रेष्ठले भक्तमानको अपहरणबारे यतिनै दिनमा तथ्य बाहिर आउँछ भन्ने यकीन नभएको जानकारी दिंदै आयोगले यर्थातता पत्ता लगाएरै छोड्ने बताए । अमिक शेरचन संयोजक रहेको आयोगमा चितवनकै माओवादीका सभासद चित्रबहादुर श्रेष्ठ र अधिवक्ता धर्मराज आचार्य सदस्य छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks