काठमाडौं, जेष्ठ १९ - त्रिभुवन विश्वविद्यालयले पछिल्लोपटक गरेको शुल्क बृद्धि निर्णय कार्यान्वयन नगराउन मागगर्दै १३ विद्यार्थी संठनले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ । त्रिविले एकपक्षीय ढंगले शुल्क बृद्धि गरेको तथा आङगित क्याम्पसहरु शुल्कमा एकरुपता नरहेको भन्दै उत्प्रेसणको आदेशबाट निर्णय बदरको माग गर्दै रिट दायर गरेको हुन् । त्रिविले गत कातिक १८ मा अठार वर्षपछि शिक्षण शुल्कबृद्धि गर्दा १३ वटा विद्यार्थी संगठन आन्दोलनमा उत्रेका थिए । अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेविसंघ लगायतका विद्यार्थी संगठनहरुले विश्वविद्यालय, रजिष्टार, त्रिविसभा तथा कार्यकारी परिषदको कार्यालय, उपकुलपति र शिक्षाध्यक्षलाई विपक्षी बनाइ रिट दायर गरेका हुन । गत मंसिर तेस्रो साता त्रिवि शुल्कमा झण्डै १२ सय प्रतिसत बृद्धि गरेपछि आन्दोलनरत विद्यार्थी संगठनको दवावमा आधा शुल्क घटाइएको थियो ।
यसैगरी आजै सर्बोच्चले श्यामसुन्दर गुप्तालाई नेपाल सदभावना पार्टी अध्यक्षको हैसियतमा कामकारबाही नगर्न निर्देशन दिएको छ । आफ्नो उत्प्रेसण निषेध विपरीत निर्वाचन आयोगले गरेको निर्णय उपर परेको रिटमा आज सुनवाई गर्दै सर्वोच्चले उक्त आदेश दिएको हो ।
निर्वाचन आयोग गत बैशाख २७ गते गुप्ता नेतृत्वको सदभावना पार्टी आनन्ददेवीलाई अधिकारिता दिएको थियो ।
सरिता गिरी समूहले प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च निर्णयको स्वागत गरेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks