Loving nepal news

Thursday, May 20, 2010

नक्कली परीक्षार्थी प्रहरीद्वारा पक्राउ

विराटनगर, ६ जेठ (दैनिकी)

उच्चमाध्यमिक शिक्षा परिषद्द्वारा सञ्चालित १२ कक्षाको परीक्षाअन्तर्गत आज विराटनगरमा भएको परीक्षामा गैरकानुनीरुपमा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। वाणिज्य सङ्कायअर्न्तगत लेखा विषयको आज विराटनगरस्थित स्नाकोत्तर क्याम्पसमा विद्यार्थी धनबहादुर कार्कीको नाममा सरोज कोइरालाले गैरकानुनीरुपमा परीक्षा दिइरहेको अवस्थामा प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको बताइएको छ।
पूर्वी मोरङको सौठा गाविसका स्थानीय बासिन्दा रहेका कोइरालालाई परीक्षा कोठाबाट प्रहरीको एक टोलीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks