Loving nepal news

Monday, May 3, 2010

युथफोर्सद्धारा बजार खुलाउने प्रयास

धनकुटा , वैशाख २० -  माओबादीले गरेको आम हड्तालको विरोध गर्दै गर्दै एमाले सम्बद्ध युवा संघ नेपाल र युथफोर्सले धनकुटामा बजार खुलाउन थालेको छ ।
    युवा संघ नेपाल र युथफोर्सका कार्यकर्ताले विहानै देखि धनकुटा बजारका पसलहरु खोल्नको लागि अनुरोध गर्दै बजार परिक्रमा गरेको युथफोर्स धनकुटाका संयोजक प्रविण पोखरेलले बताए ।
युवा संघ नेपाल र युथफोर्सको अनुरोध पछि धनकुटाबजारका पसलहरु खुल्न थालेका छन् । त्यस्तै युथफोर्सले धनकुटाको मिनारायण चौकबाट धनकुटाको मदन चौक सम्म नाराजुलुस प्रर्दशन गरेको छ । नाराजुलस पछि बोल्दै युथफोर्स संयोजक प्रविण पोखरेलले धम्की दिएर बजार बन्द गराएकाले अबज्ञा आन्दोलन गरेको बताए । 
त्यस्तै युवासंघ नेपाल धनकुटाका अध्यक्ष डिप्लप राईले जनतालाई सास्ती दिने विरुद्ध सशक्त प्रतिकार गर्ने बताए । आमहड्ताल कार्यक्रममा माओबादीले विद्यालय बन्द गराएर शिक्षक, विद्यार्थीलाई सदरमुकाम ल्याएको र सरकारी कार्यालयका कर्मचारी समेत कार्यालय नगई कार्यक्रममा सहभागी भएकाले कारवाही गर्न स्थानीय प्रशासन संग माग गरेको युवा संघ नेपालले गरेको छ ।
    युवा संघ नेपाल र युथफोर्सको यो अभियान पछि धनकुटा बजारमा नेकपा माओबादी धनकुटाका सेक्रेटरी उज्ज्वल किराँतीको नेतृत्वमा वाईसीएल कार्यकर्ताले मार्चपास गरेका छन् । 
 माओबादीका कार्यकर्ता र युथफोर्सले शक्ति प्रर्दशन गर्न थाले पछि सुरक्षाकर्मीको संख्या बजारमा बढाईएको छ । बजारमा शान्ति सुरक्षाको स्थितिलाई सहज बनाउन स्थानीय प्रशासनले उच्च सर्तकता अपनाएको बताएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks