Loving nepal news

Sunday, May 9, 2010

हुम्लामा तनाव कायमै/ दुबै पक्षका कार्यकर्ता सदरमुकाममा

सीमकोट (हुम्ला), वैशाख २६ -  दलबीचको विग्रदो अवस्थालाई सहज बनाउन आइतबार वस्ने भनिएको सर्बपक्षीय बैठक बस्न सकेको छैन । बैठक बस्न नसकेकाले तनावको अन्त्य भएको छैन ।
   शुकबार राति  कांग्रेस र एमाले कार्यकर्ताले कुटेर घाइते बनाएका लोकेन्द्र रावतको अवस्था गम्भीर भएको जनाएको छ ।  जिल्ला अस्पतालमा उपचार हुन नसकी नेपालगन्जमा लगेका रावतलाई त्यहा पनि उपचार हुन नसक्ने भन्दै डाक्टरले सुबिधा सम्पन्न काठमाण्डौको अस्पतालमा लैजान रेफर गरेको आफन्तले वताएका छन् ।
 सदरमुकाम सीमकोटमा नेपाली काग्रेस र माओबादी दुबैले आ-आफना कार्यकर्तालाई मेस चलाइ वसाल्ने गरेको व्यवस्था कायमै छ । गाउँबाट आएका दुवै पक्षका कार्यकर्ता अझै र्फकेका छैनन् । दुवै पक्ष तयारीको अवस्थामा भएकाले कुनैपनि समयमा झडप हुन सक्ने आसंका टरेको छैन ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks