सहमतीय प्रणालीमा मात्रै सरकार निर्माण हुने गरी संविधान संशोधन हुनुपर्ने माओवादीको अडान औचित्यहीन
काठमाडौं, ५ जेठ (दैनिकी)
शान्ति प्रकृया र संविधान निर्माणको शुनिश्चितता गर्न प्याकेजमा सहमति हुनुपर्ने अडान नेपाली कांग्रेसले परिवर्तन नगरेको दोहोर्याएको छ । महाराजगन्जस्थित कार्यवाहक सभापति सुशील कोइरालाको निवासमा आज बसेको पदाधिकारी बैठकले उक्त कुरा बताएको हो । सेना, प्रहरी र जनसेनालाई मिलाएर छुट्टै फोर्स बनाउने एकीकृत नेकपा माओवादीको प्रस्ताव काङ्ग्रेसले अस्वीकार गर्दै माओवादीले भनेजस्तो अलग्गै फोर्स गठन गर्न नसकिने निष्कर्ष निकालेको हो । बैठकपछि संचारकर्मीसँग कुरा गर्दै काग्रेस प्रबक्ता अर्जुननरसिंह केसीले शान्तिसझौता अनुसार अनमिनको रोहबरमा जनसेनाको समायोजन र व्यवस्थापन गर्नुपर्ने र सुरक्षा अंगको स्थापित मापदण्ड नाघेर लडाकु समायोजन हुन नसक्ने पनि बताउनुभयो । नेपाली काङ्ग्रेसले एकीकृत नेकपा माओवादीलाई प्रमाणीकरणमा परेका जनसेनाको संख्या तोक्न माग गरेको छ ।
अन्तरिम संविधानमै सहमतीय र बहुमतीय प्रणालीको स्पष्ट ब्यवस्था रहेकाले त्यस बिषयमा संविधान संशोधन गरिरहनुनपर्ने पनि कांग्रेसले बताएको छ । सहमतीय प्रणालीमा मात्रै सरकार निर्माण हुने गरी संविधान संशोधन हुनुपर्ने माओवादीको अडान औचित्यहीन रहेको कांग्रेसले बताएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks