Loving nepal news

Monday, May 3, 2010

तीन मोटरसाईकल तोडफोड

सुनसरी संवाददाता शंकर खरेलका अनुसार आमहड्तालको तेस्रो दिन बन्द अवज्ञा गरेको भन्दै माओवादीका कार्यकर्ताले कोसी राजमार्ग खण्डमा ३ मोटरसाईकल तोडफोड गरेका छन् । इटहरीस्थित विभिन्न कृषि र वित्तीय कार्यालयमा कार्यरत कर्मचारी कार्यालय भ्याउँन बिहानै इटहरीतर्फ जाने क्रममा सडकमै जाग्राम बसेका लठ्ठी बोकेका रातो पोशाकधारी कार्यकर्ताले तोडफोड गरेका हुन । माओवादी कार्यकर्ताले बन्दका बेला कतिपय उद्योग/कारखाना संचालन भएको भन्दै रातभरी छड्के निरीक्षण गरेका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks