चक्रपथ घेराउ कार्यक्रम हरेपछि उत्साहित भएका अध्यक्ष दाहालले राजनीतिक सहमतिका लागि ढिला हुन लागिसेको बताएका छन् । उनले सत्तारुढ दलहरुको उदासिनताका कारण सहमतिका लागि ढिलाइ हुँदै गइरहेको बताएका हुन् ।
'हामीले वार्ता र संवादलाई निरन्तर अगाडि बढाउँछौं भनेकै छौं, वार्ताको प्रक्रियालाई रोक्दैनौं, तर ढिलो भइराखेको छ, सरकारमा भएका पार्टीहरुले जनता र राष्ट्रको भावना, आवश्यकता बुझ्न ढिलो गर्दैछन्' उनले नयाँ बजारमा संवाददाताहरुसंग भने- 'जनताको धैर्यताको बाँध टुट्ने खतरा छ, त्यो कुरा समयमै उनीहरु बुझुन भन्न चाहन्छौं । बुधबारदेखि हामी केन्द्रीत रुपमा अझै प्रभावकारी कार्यक्रम जान्छ । आम हड्ताल जारी रहन्छ र अझै राजधानी र देशभरीका कार्यक्रमहरुलाई पनि अझै प्रभावकारी बनाइन्छ ।'
सरकारमा भएका पार्टीहरु आन्दोलन कमजोर हुने बिश्लेषण गरेकाले सहमतिन नचाहेको बताए । 'त्यत्तिकै यो आन्दोलन फेजेआउट होला भन्ने गरिकन कानमा तेल हालेर बसेका जस्तो भएको छ । यस्तो गल्ती उनीहरुले नगरुन्'उनले चेतावनी दिए, 'यदि सरकारमा भएका पार्टीहरुले त्यो कुरालाई अझ एक दुई दिन ढिलो गरी बुझ्न खोजे भने सायद त्यो ढिलो हुनेछ ।'
दाहालले संवादबाटै सहमति निकाल्ने पक्षमा भएको भएको उल्लेख गर्दै जनताको भावना कदर गर्न अन्य दललाई आग्रह गरे । 'जनताको भावना र मर्मलाई उनीहरुको हृदयलाई छामेको पार्टी हुनुको नाताले पनि एकचोटी हामी छिटै संवादबाट शान्ति संविधानको सुनिश्चितता, राष्ट्रिय सरकारको गठनको पहल लिइयोस् हामी आफ्नो तर्फबाट त्यसमा तयार छौं' उनले सत्ताका लागि आन्दोलन नभएको पनि उल्लेख गरे- 'माओवादी आन्दोलन सत्ता प्राप्तिका लागि मात्र भन्नु विल्कुल गलत र वाहियात हो । ती फटाहाहरु भन्न मन लाग्छ, कुर्सीको लागि मरिहत्ते हाल्ने र नेपालको इतिहासमा ५०-६० वर्षदेखि कुर्सीको निम्ति लुछाचुडी गर्नेहरुले माओवादीले जो जनता र राष्ट्रको निम्ति समर्पित भएर कुर्सीलाई लात पनि हानेको छ ।' उनले शान्ति र संविधानको सुनिश्चितता भन्दा बढी केही नचाहिएको उल्लेख गरे ।
'अझै माओवादीलाई कुर्सी चाहिएको छ भन्ने जति वाहियात अरु केही हुनै सक्तैन' भनाइ थियो- 'अब जनताले त त्यो कुरा पत्याउने वाला छैनन्। ती पार्टीहरुले जसले सत्ताका लागि आन्दोलन भन्छन्, तीनले समयमै विचार गरुन् ।'
उनले 'शान्ति र संविधानको पक्षमा जनता जुनसुकै हदमा जान तयार भएकाले जनसागर उर्लेको' बताए । उनले आफू उत्तेजनामा नआउने पनि जनाए । 'हामी कुनै उत्तेजना, हिंसा होइन, हामी अत्यन्त शान्तिपूर्ण ढंगले संवादको माध्यमबाट किनकी एकवर्षदेखि सरकारमा भएका गठबन्धन पार्टीहरुले यो कुरा बुझ्न सकेनन' उनले भने- 'त्यसकारण हामीले जनतालाई व्यापकरुपले आव्हान गर्नुपर्यो, जनतालाई गुहार्नुपर्यो ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks