डोटी, वैशाख २१ - देशका विभिन्न ठाउमा सुरक्षाकर्मी र माओवादी बीच झडप भइरहेको घटना आइरहेका वेला डोटीमा भने माओवादी र सुरक्षाकर्मी मिलेर नगर सरसफाइ अभियानमा जुटेका छन् ।
मंगलबार विहानै एक साथ निस्केका प्रहरी र माओवादीका कार्यकर्ताहरु क्षेत्रीय सदरमुकाम दिपायल वजारमा नेपाल प्रहरी र माओवादीका कार्यकर्ताले सरसफाइ गरेका छन् । सुदूरपश्चिम क्षेत्रीय प्रहरी गुल्मका प्रहरी र माओवादीका वाईसीयल,कार्यकर्ता लगाएत झण्डै पाँच सय जना सरसफाइमा जुटेका छन् । माओवादीका पोलिट व्यूरो सदस्य धमेन्द्र वास्तोलाले आन्दोलन जारी रहदा सम्म आफ्ना कार्यकर्ताहरुलाई सरसफाइमा लगाइने वताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks