Loving nepal news

Thursday, May 20, 2010

सुरक्षा निकायलाई सतर्क रहन सुरक्षा परिषदको निर्देशन

प्रमुख प्रतिपक्ष दल माओवादीका कारण म्याद नथपिएको अबस्थामा पनि सरकार परिस्थिति सम्हाल्न तयार

काठमाडौं,६ जेठ (दैनिकी)

राष्ट्रिय सुरक्षा परिषदको बैठकले सबै सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिएको छ । बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकले सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई समेत बैठकमा बोलाई चारै सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिएको हो । उक्त बैठकले जेठ १४ पछि संविधानसभाको म्याद नथपिए उत्पन्न हुन सक्ने अवस्थालाई ध्यानमा राखेर सबै सुरक्षा निकायहरुलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय गरेको हो । बैठक पछि रक्षा मन्त्री विद्या भण्डारीले सरकार जेठ १४ पछि उत्पन्न हुन सक्ने संविधानसभाको म्याद थप भएको र नभएको अबस्थामा सुरक्षा निकायलाई सतर्क रहन आग्रह गरेको बताउनुभयो । यदी प्रमुख प्रतिपक्ष दल माओवादीका कारण म्याद नथपिएको अबस्थामा पनि सरकार परिस्थिति सम्हाल्न तयार रहेको बताउदै संविधानसभाको म्याद सकिएपछि पनि मुलुक संविधानविहीन नहुने जानकारी दिनुभयो ।
बैठकपछि गृहमन्त्री भीम रावलले बैठकमा एकीकृत नेकपा(माओवादी)द्वारा वर्तमान संविधानसभाको म्याद नथपी आगामी जेठ १५ गते सडकबाटै नयाँ संविधान घोषणा गर्ने भनी आएको समाचारको गम्भीर विश्लेषण गर्दै एमाओवादीको सो कदमका कारण उत्पन्न हुनसक्ने नयाँ परिस्थितिका विषयमा र जेठ १४ पछि हुनसक्ने परिस्थितिबारे छलफल भएको जानकारी दिनुभयो।
बैठकमा केही समयअघि माओवादीद्वारा गरिएको आमहडतालको समीक्षा गर्दै हडतालमा सुरक्षाकर्मीले सराहनीय काम गरेको र सोका कारण आन्दोलन विफल भएको निष्कर्ष निकालिएको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks