Loving nepal news

Monday, May 24, 2010

सभामुखद्वारा राष्ट्रपतिसँग परामर्श

काठमाडौं, जेष्ठ १० - राष्ट्रपति रामवरण यादव र सभामुख सुवासचन्द्र नेम्बाङबीच सोमबार संविधानसभाको म्याद थप सम्वन्धी प्रकृयाका बारेमा परामर्श भएको छ ।
राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका सभामुख नेम्बाङले संविधानसभाको म्याद थप सम्वन्धी प्रस्तुत विधेयकको संशोधन प्रकृया र दलहरुबाट भइरहेका सहमतिको प्रयासबारे जानकारी गराएका थिए । 'शान्ति प्रकृया र संविधान निर्माणको कार्य निष्कर्षमा नपुगी हुँदैन, यसको विकल्प छैन, दलहरु बार्तामा बसेर सहमतीमा पुग्नै पर्छ भन्ने कुरानै मैले राष्ट्रपतिसमक्ष राखेँ' भेटपछि कान्तिपुरसँग नेम्बाङले भने ।
राष्ट्रपति यादवले पनि संवैधानिक संकट आउन नदिन दलहरु चाँडै सहमतिमा पुग्नुपर्ने धारणा राखेका थिए । शान्तिप्रकृया र संविधान निर्माणलाई टुङ्गोमा पुर्‍याउने काममा दलहरु मिल्नुको विकल्प नरहेको र त्यसका लागि संविधानसम्मत ढंगबाट अघि बढ्न राष्ट्रपतिले आग्रह गरेका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks