काठमाडौ, जेष्ठ ९ - सुरक्षित भविष्यको खोजीमा विदेशिएका नेपाली कामदारका लागि यो साता सुखद रहेन । खाली हात र्फकने र उद्धारको पर्खाइमा बस्नेको सूची यो साता लामै बन्यो । कतारबाट २६, साउदी अरेबियाबाट १६ महिला र २९ जना पुरुष रित्तो हात फर्किए भने लिबियामा तीन महिनादेखि १ सय १२ जना कामदार उद्धारको प्रतीक्षामा सरकारको बाटो हेरेर बसिरहेका छन् ।
रोजगारीको गन्तव्य, काम र पारिश्रमिकमा भिन्नता, समस्या भने एउटै छ, रोजगारदाताले सम्झौता गरेअनुसार काम, तलब र सुविधा नदिनु ।
काम गरेको महिनौं बित्दा पनि तलब र सुविधा नपाएर बेखर्ची बनेका ती कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ । कतारमा दलाल र कम्पनीका साहूको ठगीमा परेपछि कतार सरकारले २६ कामदारलाई टिकट खरिद गरी स्वदेश पठायो । साउदीमा १६ महिलालाई दूतावासले उद्धार गर्यो । उनीहरूमध्ये तीन जनालाई दूतावास र बाँकीले आफैं टिकटको खर्च बेहोरे ।
बिहीबार र शुक्रबार साउदीबाटै आएका २९ कामदारको सम्पूर्ण खर्च भने सम्बन्धित म्यानपावरले नै बेहोरेका थिए । म्यानपावरले भनेअनुसार काम नपाएपछि तीन महिनादेखि उनीहरू बिचल्लीमा परेका थिए । 'साउदीमा विमानस्थलको सफाइ काममा गएका थियौं,' शुक्रबार विमानस्थलमा भेटिएका नुवाकोटका दोर्जे लामाले भने, 'तर त्यहाँ पुगेपछि विमानस्थलको होइन, सडक र होटलका कामहरूमा लगाइयो ।'
असारमा गएका उनीहरूले सात महिनासम्म होटल र सडक सफाइको काम गरेका थिए । तर तलब र सुविधा भनेअनुसार नपाएपछि काम गर्न छाडेका थिए । 'यसमा कम्पनीले धोका दियो,' उनीहरूलाई पठाएको निड इम्प्लोइमेन्ट सर्भिसका प्रबन्धक निर्देशक तेजेन्द्रबहादुर श्रेष्ठले भने, 'कामदार पठाएपछि सम्पूर्ण जिम्मेवारी म्यानपावरको हुन्छ । त्यो जिम्मेवारी पूरा गरेँ ।'
उनले कामदारलाई स्वदेश झिकाएनन् मात्रै कामदारको हितका लागि स्थानीय श्रम अदालतमा मुद्दा लडिदिए । बस्न र खाने व्यवस्थासमेत गरिदिए । 'उनीहरूलाई स्वदेश झिकाउनु नै ठूलो सफलता हो,' श्रेष्ठले भने, 'उनीहरूको भविष्यप्रति जिम्मेवार छौं । उनीहरूको इच्छाअनुसार अब काम हुन्छ ।'
उता उत्तर अपि|mकी राष्ट्र लिबियामा १ सय १२ जना नेपाली कामदार उद्धारको पर्खाइमा तीन महिनादेखि प्रतीक्षारत छन् । लिबियाका लागि नेपाली राजदूत श्यामलाल तवदारले परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै भनेका छन्, 'नाजुक अवस्थामा रहेका ती कामदारहरूलाई खाना, बस्न निकै कठिनाइ छ । गर्मी बढेका कारण बिरामी पर्ने क्रम बढेकाले तुरुन्त उद्धार गर्न आवश्यक देखिन्छ ।'
दूतावासले उद्धारका लागि प्रतिव्यक्ति १५ सय अमेरिकी डलर पठाउन वा त्यहींबाट पहल गर्न अनुरोध गरेको छ । ती कामदार धौलागिरी इन्टरनेसनल म्यानपावरमार्फत लिबियाको एन्जरासभास्थित सीकेजी कम्पनीमा काम गर्न झन्डै दुई वर्षअघि गएका थिए । दूतावासका अनुसार उनीहरूले नौ महिनादेखि तलब पाएका छैनन् भने काम गर्ने कम्पनी विघटनको अवस्थामा छ । उनीहरू हाल कम्पनीका एक हलमा बसिरहेका छन् । 'कम्पनीले कामदारलाई फिर्ता गर्न आवश्यक टिकट सबकन्ट्याक्टरले फिर्ती टिकट उपलब्ध गराउने करार भएको छ । सबकन्ट्याक्टर -तेजप्रकाश पुन) ले टिकट उपलब्ध गराएका छैनन्,' कामदारको भनाइ उद्धृत गर्दै दूतावासले पत्रमा भनेको छ । पीडितका आफन्तहरूका अनुसार सरकारले छिटो उद्धार नगरिदिँदा उनीहरू झन् जोखिममा परेका छन् ।
दूतावासहरू विदेशमा कामदार जोखिम र असुरक्षित बढ्नुको पछाडि वैदेशिक रोजगार विभागले कामदारको मागपत्र स्वीकृति गर्दा दूतावासको प्रमाणीकरण नखोज्नु मान्छन् । 'विभागले जबसम्म कामदारको मागपत्रमा दूतावासको प्रमाणीकरण खोज्दैन तबसम्म नेपाली कामदार ठगिइरहन्छन्,' साउदी दूतावासका प्रथम सचिव खड्गप्रसाद दाहालले भने, अहिलेे दूतावास, उद्योग वाणिज्य महासंघ र नोटरी पब्लिकमध्ये एकले गरेको प्रमाणीकरणमा श्रम स्वीकृति दिने व्यवस्था छ, त्यसलाई सच्याउनुपर्छ
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks