Loving nepal news

Friday, May 21, 2010

मैले संविधानसभा चाहेकै थिईन: प्रधानमन्त्री

काठमाडौ, जेष्ठ ७ - प्रधानमन्त्री माधबकुमार नेपालले माओवादीको चित्त बुझाउन मात्र संविधानसभा स्वीकार गरेको खुलासा गरेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शुक्रबार विहान नर्वेका वातावरण तथा अन्तराष्ट्रिय विकासमन्त्री एरिक सोल्हेमसँगको भेटपछि सन्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री नेपालले माओवादीलाई खुशी पार्दा देश राम्रो हुन्छ भनेर आफूले संविधानसभा स्वीकारेको बताए ।

'माओवादीको चित्त बुझाउन मात्र संविधानसभाको प्रस्ताव स्वीकारेको हुँ’ उनले भने, 'संबिधानसभाबाहेक अर्को उपायबाट पनि संबिधान बनाउन सकिन्छ भन्ने मेरो बिचार थियो ।’
माओवादीलाई खुशी पार्दा देश राम्रो हुन्छ भनेर आफूले संविधानसभा स्वीकारे पनि माओवादीले आफै संविधानसभालाई अन्त्य गर्न खोजेको आरोप उनको थियो ।

उनले समायोजन हुने माओवादी सेनाको संख्या तोकिएपछि मात्र राष्ट्रिय सहमतिको सरकार गठनको बाटो खुल्नेसमेत बताए । प्रधानमन्त्री नेपाल विहान गृहजिल्ला रौतहट जानुअघि विमानस्थलमै नर्वेली विकास मन्त्री सोल्हेमसँग भेटवार्ता गरेका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks