Loving nepal news

Thursday, May 20, 2010

हावाहुरीले विद्युत् सेवा अवरुद्ध

महेन्द्रनगर, ६ जेठ (दैनिकी)

बुधबार आएको हावाहुरीले कञ्चनपुरमा विद्युत् सेवा अवरुद्ध भएको छ। बुधबार करिब १२ बजेदेखि अवरुद्ध भएको विद्युत्सेवा अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। कञ्चनपुरको बेलौरी, पुनर्वासबाहेकका सबै स्थानमा विद्युत्सेवा अवरुद्ध भएको विद्युत् प्राधिकरण महेन्द्रनगर सवस्टेसनले जनाएको छ। सवस्टेसनका अनुसार विद्युत्सेवा कहाँ अवरुद्ध भएको हो भन्ने पत्ता नलागेकाले सो स्थानको खोजी गर्न उपकरणसहित इन्जिनियरको टोली खटाइएको छ।
विद्युत्सेवा अवरुद्ध हुँदा यहाँबाट प्रकाशित हुने दैनिक पत्रिका समेत प्रकाशित हुन सकेका छैनन्।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks