Loving nepal news

Saturday, May 29, 2010

आज गणतन्त्र दिवस/राष्ट्रपतिद्वारा मानपदवी प्रदान(विभुषण प्राप्त गर्नेहरुको नामावली सहित)

काठमाडौ, जेष्ठ १५ - राष्ट्रपति डा.रामवरण यादवले नेपालले गणतन्त्र दिवसको अवसरमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, अन्वेषणात्मकलगायत अन्य क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने राष्ट्रिय जीवनका विभिन्न महानुभावहरूलाई मानपदवी, अलङ्कार र पदक प्रदान गरेका छन् । नेपालमा गणतन्त्र घोषणा भएको दुई वर्ष भएको छ । गणतन्त्र दिवसका अवसरमा राजधानीको टुडिखेल लगायत मुलुकभर विशेष कार्यक्रमा गरिदैंछ । विहान ११ वजे टुडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।




मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले साढे दुई सय भन्दा बढीलाई विभिन्न मानपदवी तथा विभुषण प्रदान गरेका हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी सूचना अनुसार राष्ट्रका लागि उल्लेखनीय योगदान पुर्‍याएकोमा स्व.गणेशमान सिंहलाई नेपाल रत्न तथा भूतपूर्व प्रधानमन्त्रीहरू स्व.गिरिजाप्रसाद कोइराला र स्व.मनमोहन अधिकारीलाई राष्ट्र गौरव मानपदवी प्रदान गरिएको छ ।



यसैगरी उज्ज्वल कीर्तिमय राष्ट्रदीप -द्वितीय श्रेणी) सात जनालाई, सुकीर्तिमय राष्ट्रदीप -तृतीय श्रेणी) छ जनालाई, सुप्रवल जनसेवा श्री -तृतीय श्रेणी) ७२ जनालाई, प्रवल जनसेवाश्री -चतुर्थ श्रेणी) ९६ जनालाई र जनसेवा श्री (पञ्चम श्रेणी) ३४ जनालाई प्रदान गरिएको छ । अलङ्कारतर्फ अति पौरख भास्कर पाँचजना, नेपाल प्रताप सुभूषण एकजना, नेपाल प्रताप आभूषण एकजना र नेपाल प्रतापभूषण आठ जनालाई प्रदान गरिएको छ । यसैगरी पदकतर्फ राष्ट्रसेवा पदक प्रथम श्रेणी एकजना, राष्ट्रसेवा पदक द्वितीय श्रेणी तीनजना, समाजसेवा पदक १४ जना, सुकीर्ति पदक आठजना, वीरता पदक पाँचजना, शौर्य पदक एकजना, प्राकृतिक प्रकोप पीडितोद्वार पदक एकजना र विकास रत्न पदक तीनजनालाई प्रदान गरिएको सूचनामा जनाइएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks