इलाम, ५ जेठ (दैनिकी)
दोस्रो राष्ट्रपति कप रनिङ सिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ। जिल्ला खेलकुद विकास समिति र जिल्ला शिक्षा कार्यालय, इलामको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगितामा जिल्लाका ११ विद्यालय सहभागी भएका छन्। प्रतियोगितामा एथलेक्टिस, फुटबल, भलिबललगातय १४ वटा खेल हुने आयोजक संस्थाका कोषाध्यक्ष उमेश गुरुङले बताउनुभयो। सत्ताइस–सत्ताइस स्वर्ण, कास्य र रजत गरी ८४ पदक रहेको खेल तीन दिनसम्म चल्ने छ।
प्रतियोगिताको स्थानीय विकास अधिकारी भूपराज राईले उद्घाटन गर्नुभयो। यसैबीच सशस्त्र द्वन्द्वपछि सुस्ताएको कराँते खेलले इलाममा तीव्रता लिएको छ। द्वन्द्वकालमा ठप्प भएको शून्यको अवस्थामा पुगेको यो खेल पुनः गाउँगाउँमा विस्तार भएको छ।
कराँते खेलको आर्कषण बढ्दै गएपछि गाउँघरमा पनि बालबालिकादेखि युवा पुस्तासम्म खेल सिक्न लागेका छन्। विगत वर्षमा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीमा समेत यो खेल रोचक बन्दै गएको छ। सिक्न इच्छा हुँदाहुँदै पनि कतिले त द्वन्द्वका कालमा यो खेल सिक्ने मौका समेत पाएनन्।
जिल्लामा २७ वडा डोजो क्रियाशील रहेको इलामका प्रमुख प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री योगेश चाम्लिङले बताउनुभयो। 'अहिले खेल सिक्न चाहनेलाई सहज भएको छ,' उहाँले भन्नुभयो। खेलाडीको उत्साहसँगै प्रतियोगिता समेत बाक्लै आयोजना हुने गरेको छ।
जिल्लामा दुई हजार तीनसयभन्दा धेरै खेलाडी प्रशिक्षणमा रहेको बताइएको छ। प्रतियोगिताको आयोजना र खेल विस्तारले खेलाडीमा उत्साह छाएको छ। खेल सिकेर पनि खेल्न नपाएकाले समस्या भोगेका धेरैले अहिले राहत महसुस गरेका छन्।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks