मुगु, ६ जेठ (दैनिकी)
माग्री गाविस वडा नं. ३ पाचुगाउँका नेकपा (एमाले)का सङ्गठित सदस्य एवम् युथफोर्स गाउँ इन्चार्ज रणबहादुर बडुवाललगायत गुगा गाविसका तीनजना एमाले कार्यकर्तालाई जेठ ५ गते राति वाइसिएल कार्यकर्ताले अपहरण गरी पिटेर छोडेका छन्। रोवा गाविस वडा नं. ७ शोभा गाउँको लाइघ भन्ने सुनसान जङ्गलमा लगी धनबहादुर रोकाय, हरीश रोकाय र मीनबहादुर रोकायलाई निर्घात कुटपिट गरी मरणासन्न अवस्थामा छोडिएको स्थानीय बासिन्दाले जनाएका छन्।
पीडितमध्ये बडुवालको अवस्था गम्भीर रहेको नेकपा(एमाले) मुगुका अध्यक्ष गोपालबहादुर बमले बताउनुभयो। घटनाको दुईदिन बितिसक्दा पनि प्रहरी प्रशासनले कानुनी कारबाहीतर्फ कुनै पहल गरेको छैन। समयमा नै कारबाहीका प्रक्रिया अघि नबढाएमा दोहोरो भीडन्त भई शान्तिसुरक्षामा गम्भीर असर पुग्ने जनाइएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks