मनोज बस्नेत
काभ्रे, जेष्ठ १ - एमाले सम्बद्ध युवा संघका केन्द्रीय अध्यक्ष महेश बस्नेतले व्यापारीहरुले वाईसीएललाई दिएको चन्दाले उनीहरुले खुकुरी बन्दुक किनेर सर्वसाधारणलाई दुःख दिने काम गरिराखेको आरोप लगाउदै वाईसीएललाई चन्दा दिने व्यापारीलाई युथ फोर्सले 'कारवाही' गर्ने चेतावनी दिएका छन् ।
युवा संघ नेपालको २१ औ स्थापना दिवसको अवसरमा शनिबार काभ्रेको बनेपामा संघले गरेको रक्तदान कार्यक्रमको उद्घाटन गर्दै बस्नेतले उक्त कुरा बताएका हुन् ।
'वाईसीएललाई व्यापारीले दिएको चन्दाले खुकुरी र बन्दुक किन्ने काम मात्रै भएको छ' उनले भने 'व्यापारीको चन्दाले किनेको हतियारले सर्वसाधारणलाई दुःख दिने काम बाहेक अरु केही भएको छैन् । यस्तो अवस्थामा सर्वसाधारणको सुरक्षार्थ वाईसीएललाई चन्दा दिने व्यापारीलाई हामी कारवाही गर्दछांै ।' तर उनले कारवाहीको प्रकृतिबारे खुलाएनन् ।
माओवादीको अराजकता रोक्न युथ फोर्सको गठन भएको उनले बताए । माओवादीले अरुलाई कुट्ने अन्य पार्टीको कार्यालय फुटाउने, मान्छेका हातखुट्टा काट्ने क्रियाकलाप भए उनीहरुलाई पनि जस्ताको तस्तै जवाफ दिन युथ फोर्स तयार रहेको उनको भनाई थियो । युथ फोर्ससंग डराएरै माओवादीले आमहड्ताल फिर्ता लिएको उनले बताए ।
'हामीले माओवादीले गरेको आमहड्ताल तीन दिन सम्म हेर्यौं' उनले भने 'जब माओवादीले आन्दोलनमा हामीलाई खोज्दै अराजकता र अशान्ति मच्चाउने काम सुरु गर्यो । अनि हामी आमहड्ताल विरुद्ध चौथो दिनदेखि सडकमा निस्क्यौं । हाम्रो सहभागिता देखेर नै माओवादीले पाँचौ दिन आमहड्ताल फिर्ता लिनु पर्यो ।' मान्छेको रगत बगाउन छोडेर रक्तदान र युवाहरुको हातखुट्टा काट्न छोडेर सिर्जनशिल काममा लगाउन वाईसीएललाई उनले आग्रह गरे । यसै बीच जिल्लामा ४५ पटक भन्दा बढी पटक रक्तदान गर्ने पत्रकार रघुनाथ हुमागाई, धर्मभक्त प्रधान, पुण्यवती घले र विदुर खड्कालाई बस्नेतले कदर-पत्र सहित दोसल्ला ओढाएर सम्मान समेत गरे ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks