Loving nepal news

Wednesday, May 19, 2010

दोषी देखिने जुनसुकै व्यक्तिमाथि कानुनी कारबाही गरिने

ललितपुर, ५ जेठ (दैनिकी)

प्रधानमन्त्री माधवकुमार नेपालले युनिटी लाइफ नामक नेटवर्किङ व्यवसाय सञ्चालन गरिरहेको संस्थाको वैधतामाथि अनुसन्धान सुरु गरिसकेकाले दोषी देखिने जुनसुकै व्यक्तिमाथि कानुनी कारबाहीका लागि सरकार पछि नहट्ने बताउनुभएको छ। आज यहाँ एक कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासामा उहाँले युनिटी लाइफले प्रतिव्यक्ति रु. १५ हजार उठाई ग्राहकलाई ठगी गरेको भन्ने केही उजुरी आएको उल्लेख गर्दै त्यस संस्थामाथि गरिएको पहिलो छानबिनबाट नै संस्थामा गम्भीर त्रुटि देखापरेको जानकारी दिनुभयो।
जनतालाई कसैले ढाँट्न पाउँदैन, सत्यतथ्य थाहा हुनुपर्‍यो र नियमकानुन विधिअनुसार सबै चल्नुपर्‍यो भन्दै उहाँले कोही ठगिएका छन् भने उसले न्याय पाउनुपर्ने र ठग्ने दण्डित हुनुपर्ने स्पष्ट गर्नुभयो। 'ती सबै उजुरीमाथि विस्तृत अनुसन्धान हुनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो– 'युनिटीका सञ्चालकले भनेका कुराको भेरिफिकेसन हुनुपर्छ, उनीहरूले हामीले नियमकानुन विधि मिचेका छैनौँ भन्छन् भने पनि पुष्टि गर्नुपर्‍यो, नियमकानुन विधि त मिचियो तर ठगी गरेको होइन भन्ने हो भने पैसाचाहिँ फिर्ता गर्नुपर्छ, नियमकानुन विधि मिचिएको हो भने त्यही अनुसार तयार हुनुपर्छ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks