Loving nepal news

Monday, May 3, 2010

गौतमलाई 'सचेत' पार्दै स्पष्टिकरण माग

काठमाडौ, वैशाख २० - एमाले अनुशासन आयोगले पार्टी बिधान विपरित काम गरेको ठहर गर्दै उपाध्यक्ष बामदेव गौतमसँग स्पष्टिकरण मागेको छ । उनलाई आयोगले सचेत समेत गराएको छ ।
सोमबार बसेको बैठकले पार्टी बिधान विपरित कार्य गरेकोमा गौतमलाई सचेत गराउने निर्णय गरेको आयोग अध्यक्ष अमृत बोहराले जानकारी दिए । पार्टीभित्र छलफलको सम्भावना पर्याप्त हुदा हुदै पनि   सार्वजनिक रुपमा आलोचनामा उत्रनुको कारणबारे अविलम्व स्पष्टिकरण दिन उनलाई निर्देशन दिइएको छ ।
गौतमले दुई दिन अघि आफू सहित ६० नेता-कार्यकर्ताको नाममा प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा माग्दै अध्यक्ष झलनाथ खनाललाई इमेलमार्फत ज्ञापनपत्र बुझाएका थिए ।
आइतबार पार्टी अध्यक्ष झलनाथ खनालले गौतम लगायतका नेताहरुले पार्टी लाइनकै आवाज बोलेपनि तरिका गलत अपनाएको प्रतिकृया दिएका थिए ।
आयोगले गौतमलाई सचेत पार्दै स्पष्टिकरण सोध्ने गरेको निर्णय अपर्याप्त भएको भन्दै कार्यकर्ताहरुले पार्टी मुख्यालयमा नारावाजी गरेका छन् । बैठक सुरु हुनु अगावै त्यहा भेला भएका कार्यकर्ताले गौतममाथि हदैसम्मको कारवाही हुनुपर्ने माग गरेका थिए । असन्तुष्ट कार्यकर्ताहरुले गौतम विरुद्ध नारावाजी गरिरहेका छन् ।
यसैबीच गौतमको गृहजिल्ला बर्दिया लगायतका विभिन्न जिल्ला कमिटी, जनवर्गीय संगठन तथा सम्पर्क मंचहरुले गौतममाथि कारवाहीको माग गर्दै बिज्ञप्ति जारी गरेका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks