Loving nepal news

Tuesday, May 11, 2010

राष्ट्रपति-प्रधानमन्त्री भेट , जेठ १४ भित्र संविधान जारी हुन सक्दैन ::प्रधानमन्त्री

प्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभाको म्याद थप गर्ने बिषयमा मंगलबार राष्ट्रपति रामवरण यादवसँग छलफल गरेका छन् । संविधानसभाको म्याद थप गर्ने बिषयमा प्रधानमन्त्रीले केही दिन यता छलफल तीब्र बनाएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार बिष्णु रिजालका अनुसार प्रधानमन्त्री नेपालले निर्धारित मितिभित्र संविधान निर्माण हुन नसक्ने अवस्था उत्पन्न भएको चर्चा गर्दै संविधानसभाबाटै संविधान बन्नुपर्नेमा जोड दिएका थिए ।
'संविधान बनाउनकै लागि जनताले संविधान सभाको निर्वाचन गरेका हुन्'- प्रधानमन्त्री नेपाललाई उदृत गर्दै रिजालले भने- 'त्यसैले मैले संविधानसभाको कार्यकाल बढाउनका लागि संविधानसभाभित्र रहेका दलहरुसग परामर्श प्रारम्भ गरेको छु ।'
प्रधानमन्त्री नेपालले राजनीतिक परामर्श र सहमतिपछि सरकारले छिट्टै संविधान संशोधनसम्बन्धी विधेयक व्यवस्थापिका-संसद्मा लैजाने जानकारी पनि राष्ट्रपति डा. यादवलाई दिएका थिए ।
राष्ट्रपति डा. यादवले आफू पनि संविधानसभाभित्रैबाट निकास निस्कोस् भन्ने पक्षमा रहेको उल्लेख गर्दै दलहरुका बीचमा सहमति बन्ने विश्वास व्यक्त गरेका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks