Loving nepal news

Monday, May 3, 2010

आमहड्तालले दोस्रो दिन कहाँ के के भयो /जनजीवन कष्टकर बन्दै/ माओवादी आक्रमणमा एक बालक घाइते

काठमाडौ, वैशाख २० - पोखरा माओवादी कार्यकर्ताले एक औषधी पसल तोडफोड गरेपछिको झडपमा तीन वर्षीय बालकसहित दुई घाईते भएका छन ।
घाईतेमा पर्वतको लुंखुदेउराली घर भै पोखराको पृथ्वीचोकमा पसल गरीबस्ने दीपक पौडेलका तीन बषिर्य छोरा सन्देश रहेका छन । उनको टाउकोमा चोट लागेको र दुई टाँका लगाइएको आमा बसुदाले बताएकी छिन । यसैगरी अर्का घाईतेमा शिशुवा मेडिकल हलका मालिक टीकाराम पौडेल रहेका छन । उनको स्थानीय चरक अस्पतालमा उपचार भैरहेको छ । माओवादी कार्यकर्ताले बाँसको भाटाले हानेको र शरीरमा चोट लागेको उनले बताए ।
यसैगरी माओवादी कार्यकर्ताले पृथ्वीचोककै शिशुवा मेडिकल हल, कृत्तन फुड्स सप्लायर्सलगायत पाँच पसलमा तोडफोड गरेका छन । तोडफोड र कुटपीट गरेको आरोपमा प्रहरीले एकजना यातायात मजदुर कालीबहादुर पाण्डेलाई पक्राउ गरेको छ ।
माओवादीका सभासद् राजकाजी गुरुङले भने खुला रहेको होटल बन्द गराउन जाँदा होटलभित्र रहेका युवाले प्रतिकार गर्न खोजेपछि झडप भएको बताएका छन ।
यता माओवादीको आमहड्ताल कारण देशकै मुख्य पर्यटकीय शहर पोखरा घुम्न आएका सयौं विदेशी पर्यटक अलपत्र परेका छन ।
    अलपत्र पर्नेमा बढीजसो भारतीय पर्यटक रहेको पर्यटन ब्यवसायीले बताएका छन । मुख्य पर्यटकीय क्षेत्र लेकसाईडका सडकमा पर्यटकहरु बन्द कहिलेसम्म हुन्छ भनेर संचार र अधिकारकर्मीसंग सोधीरहेका छन । थुप्रै भारतीय पर्यटकहरु आफ्नै साधनमार्फत आएकाले फर्किन समस्या भएको बताएका छन ।
भारत हुदै आएका तेस्रो मुलुकका नागरीक हड्तालका कारण अलपत्र परेका छन । उनीहरु भिसा अवधि सकिन लागेको भन्दै चिन्तित रहेका र छिट्टै फर्किने वातावरण मिलाउन सम्बन्धित पक्षसंग अनुरोध गरेका छन ।
यसैबीच माओवादी कार्यकर्ताहरु पोखराका मुख्य चोक तथा सडकमा विहानैदेखि जम्मा भएका थिए । विहान कार्यालय खुल्ने समयतिर माओवादी कार्यकर्ताहरु विभिन्न सरकारी कार्यालयमा पुगेका थिए । गेटमा पुगेलगत्तै उनीहरु नाराबाजी गर्दै हिडेका थिए ।

बुटबलबाट अमृता अनमोलका अनुसार आम हडतालमा उत्रेका  माओवादीका कार्यकर्ताहरुले बुटवलको राष्ट्रिय वाणिज्य बैंक  तोडफोड गरेका छन् ।
बन्दको समयमा पनि बैंक खोलेको भन्दै बन्द गराउन गएको एक समूहले बुटवलको पुष्पलाल पार्कमा रहेको वाणिज्य बैंकमा मध्यान्ह  तोडफोड गरेका हुन् । तोडफोडबाट  बैंकका फर्निचर र शिशा फुटेका छन् । यसैगरी इलाका प्रशाशन कार्यालय बन्द गराउन पुगेका माओवादी कार्यकर्ताहरुलाई सुरक्षाकर्मीले रोक्न खोज्दा बुटवलमा केहीबेर तनाव सिर्जना भएको थियो ।
 तनाव अहिले सामान्य बन्दै गएको छ । बन्दको अवज्ञा गरेर कार्यालय खोलेको भन्दै यतिबेला माओवादी कार्यकर्ताहरु बुटवलका सरकारी कार्यालय बन्द गराउदै हिडेका छन् । स्थितिलाई नियन्त्रणमा लिन सरकारी कार्यालय वरपर सुरक्षाकर्मीहरुको उपस्थिति बाक्लो छ ।
यसैबीच आमहड्तालमा क्रममा मोटरसाईकल जलाएको आरोपमा प्रहरीले रुपन्देहीको खैरेनीबाट एघार माओवादी कार्यकर्ताहरुलाई फक्राउ गरेको छ । गएराति रुपन्देहीको खैरेनीमा दुई वटा मोटरसाईकल जलाएको घटनामा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दान बहादुर कार्कीले बताए । चितवनबाट रुपन्देहीको सुनौलीतर्फ आउदैगरेका ना १४ प १६४४ र बा १४ प ५३२६ नम्बरका मोटरसाइकल माओवादी कार्यकर्ताले जलाएका थिए । पक्राउ परेकाहरुमाथि छानबीन भइरहेको प्रहरीले बताएको छ ।
धनकुटास्थित संवाददाताका अनुसार धनकुटा बजार तनावकोस्थितिमा छ । बिहानैदेखि एमालको युथ फोर्स र माओवादीको वाइसीएलले छुट्टछुट्टै प्रदर्शन गरेपछि तनाव उत्पन्न भएको हो ।
अहिले युथ फोर्स र वाइसिएल दुवै पक्षले आ-आफ्ना मान्छेहरुलाई गाउँहरुबाट झिकाएका छन् । मदन चोक क्षेत्र युथफोर्स र भीमनारायणचोक क्षेत्र वाइसीएलले कब्जामा लिएर बसेको छ । दुवै पक्षका युवाहरुको हातहातमा फलामको रड र लाठी  छ ।
जुनसुकै पनि बेला भीडन्त हुन सक्ने डरले बजारबासी त्रस्त छन् । ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको तैनाथ गरिएकेा छ ।
माओवादीको अनिश्चितकालीन आमहडतालको दोस्रो दिन सोमबार पनि मुलुक ठप्प बनेको छ । राजधानी काठमाडौं लगायत मुलुकभर यातायात,कलकारखाना,बजार,शैक्षिक संस्थाहरु बन्द रहेका छन् । बन्दका कारण दैनिक उपभोग्य सामग्री किन्न नसक्दा र आवत जावत गर्न नपाउँदा सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको छ ।
आमहडताल सफल बनाउन बिहानैदेखि माओवादी कार्यकर्ता सडकमा छन् । राजधानीको विभिन्न भागमा माओवादी कार्यकर्ताहरु सडकमा बसेर बाटो अवरोध गरेका छन् भने कतै नाचगान गरेर रमाइरहेका छन् । जरुरी कामले तथा कार्यालय जानुपर्नेहरु पैदल हिडेर गन्तव्य तर्फ गइरहेका छन् । कलंकी,बानेश्वर,चावहिल,कोटेश्वर लगायत दर्जनौ स्थानमा माओवादी कार्यकर्ता बसेका छन् । आमहडताल शान्तिपूर्ण रहेको छ ।
तीन दलका शीर्ष नेताबीच आइतबार राति भएको वार्ताले पनि सकारात्मक निष्कर्ष ननिकालेपछि माओवादीले आमहडताल जारी रहने जनाएको छ । आफ्नो नेतृत्वमा सर्वदलीय सरकार निर्माण हुनुपर्ने र त्यसका लागि प्रधानमन्त्री माधवकुमार नेपाललले राजीनामा दिनुपर्ने माओवादीले माग राखेको छ । मजदुर दिवस मे १ का दिन वृहत प्रदर्शन गरेको माओवादी त्यसको भोलि पल्टबाट आमहडतालमा गएको हो । रोल्पा संवाददाताका अनुसार त्यहाँ पूरै प्रभाव परेको छ । बजार, विद्यालय, यातायातका साधान पूर्ण रुपमा बन्द भएको छ । आइतबार पनि कार्यालय, बजार, यातायातका साधानहरु पूर्ण रुपमा बन्द भएका थिए । माओवादी कार्यकर्ताले कार्यालय, बजार र विद्यालय बन्द गर्न आग्रह गर्दै हिडेका छन् । बन्दका कारण गाउबाट आएका सेवाग्राहीहरु मर्कामा परेका छन् । गाउका विद्यालयका शिक्षकहरुलाई दाङमा भइरहेको आन्दोलनमा सहभागी बनाउन लगिएकाले विद्यालयहरु बन्द भएका हुन् ।

नवलपरासीमा सोमबार विहानैदेखि माओवादीले राजमार्गमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।  उनिहरुले बेल्डिहा , हर्कपुर र कावासोतीमा राजमार्गको बीचमा टन्टलापुर घाममा पन्चै बजा बजाएर नाचगान गरेका छन् । सयौ युवा , युवतीहरु  राजमार्गमा नाचगान गर्दै दोहोरी गाएर समय कटाइरहेका छन् ।   उता सदरमुकाम परासीमा दिउसो माओवादीले सिट्टी जुलुश निकालेका छन् । करिब ५ सय कार्यकर्ताहरु सिट्टी बजाउदै राजमार्गमा दौडिएको स्थानीय दिपक भट्टराईले टेलिफोनमा जानकारी दिए ।
 माओवादी कार्यकर्ताले कावासोतीमा रहेका एक दर्जन सरकारी कार्यालय बिहानैदेखि खुल्न दिएका छैनन् । ईलाका प्रशासन, मालपोत , नापी , बिद्युत , टेलिकम , महिला बिकास कार्यालय र आधादर्जन भन्दा बढि बैंकहरु बन्द गराएका छन् । उनिहरुले सुरक्षाकर्मी र पत्रकारका सवारी साधन भने निर्वाधरुपमा संचालन हुन दिएका छन् ।
पर्सामा आम हडतालको दोश्रो दिन पनि प्रभाव परेको छ ।  बन्दकर्ताले विहानैदेखि हातमा लट्ठी लिएर सडक अवरोध गरेपछि वीरगन्जबाट चल्ने लामा तथा छोटा दूरीका सवारी साधन चल्न सकेका छैनन् ।
बन्दका कारण यस क्षेत्रका कलकारखाना तथा शैक्षिक सस्था समेत ठप्प रहेका छन् । वीरगन्जमा रिक्सा , टाँगा सामान्य रुपमा  चलेका छन् भने आइतबारको तुलनामा सोमबार मोटरसाईल बढी चलेका छन् ।
कास्कीबाट शिव शर्माका अनुसार आमहडतालका क्रममा सडकमा प्रर्दशन गर्दै हिडेका माओवादी कार्यकर्ताले पोखराको न्यूरोड स्थित एक पसलमा तोडफोड गरेका छन् ।
 जुलुस सहित हिडेका माओवादी कार्याकर्ताले सापकोटा किराना पसलको सामान राखिएको र्‍याकका सिसाहरु पसल भित्र पसेर फोडेका हुन् । 
  सर्टर किन खोलेको भन्दै भित्र पसेर प्रदर्शनकारीहरुले तोडफोड गरेको प्रहरीले जनाएको छ ।
उदयपुर संवाददाताका अनुसार त्यहाँको जनजीवन बिहानैबाट प्रभावित भएको छ । सदरमुकाम गाईघाट र आसपासका बजार क्षेत्र  बन्द छन् । हड्तालका कारण यातायात साधन संचालन भएका छैनन ।  आन्दोलन परिचालक कमिटीका संयोजक एवंम् संबिधानसभाका सभासद् मोहन खत्रीको नेतृत्वमा बिहानैदेखि माओवादी कार्यकर्ता सडकम निस्किएका छन । बन्दले उद्योग, कलकारखाना, बजार, पसल , बिद्यालय क्याम्पस खुलेका छैनन ।
इनरुवा संवाददाताका अनुसार  जिल्लाको पश्चिमी र दक्षिणी क्षेत्रमा कम प्रभाव परेको छ । सदरमुकाम इनरुवामा पनि मुख्य वजारका पसलहरु आशिंक रुपमा खुलेका छन् । भने जिल्लाको ग्रामिण वजारहरु भान्टावारी , लौकही , हरिनगरा र मधुवन लगायतका वजार बिहानैदेखी खुलेका छन् । माओवादी कार्यकर्ताहरु इटहरी र खनार तर्फ केन्दि्रत भएपछि सदरमुकाम इनरुवामा उनीहरुको उपस्थिती न्युन देखिएको छ । यातायातका साधनहरु सञ्चालन नभएपनि मोटरसाइकल रिक्सा भने सञ्चालनमा रहेको छ । माओवादी सुनसरीका सेक्रेटरी निर्मल वराल कौशलले आफूहरु इटहरी तर्फ केन्दि्रत भएकाले इनरुवामा ग्रामीण क्षेत्रवाट आउने कार्यकर्ता जुटेपछि वजार पूर्ण रुपले बन्द गराउने बताए ।
पाल्पा संवाददातका अनुसार बन्दको प्रभाव पाल्पामा पूर्ण रुपमा परेको छ । बन्दले जनजीवनलाई पूर्ण रुपमा प्रभावित बनाएको छ ।  सिद्धार्थ लोकमार्ग र तानसेन तम्घास सडकमा सवारी साधन सोमवार विहानै देखि संचालन भएका छैनन् । तानसेन र ग्रामिण भेगमा समेत सवारी साधन ठप्प छन् । बन्दको पहिलो दिन केहि भागमा विद्यालय संचालन भएपछि दोश्रो दिनबाट सबै बन्द हुने माओवादीले जनाएको छ । माओवादी कार्यकर्ताहरु बिहानैदेखि बन्द सफल पार्न आग्रह गर्दै हिडेका छन् ।     माओवादी जिल्ला सचिव नेत्र पाण्डेले सरकारी, संस्थान कार्यालय पनि संचालन गर्न नदिइने बताए ।
सुनसरी संवाददाताका अनुसार लाठी बोकेर हिडेका रातो पोशाकधारी माओवादी कार्यकर्ताले अत्यावश्यक साधनसमेतलाई रोकेर चेकजाँच थालेका छन् । पूर्वपश्चिम र कोसी राजमार्ग खण्डमा उनीहरुले अत्यावश्यक साधनको दुरुपयोग बढेको भन्दै चेकजाँच थालेका हुन । आमहड्तालले प्रमुख आर्थिक क्षेत्र सुनसरी करिडोर क्षेत्र ठप्प छ । भारतबाट कामका लागि आएका ५ हजारभन्दा बढी भारतीय मजदुर आमहड्ताल अनिश्चित भएपछि पैदल जोगवनी नाका हुँदै घर फर्केका छन् । पूर्वपश्चिम र कोसी राजमार्ग खण्डमा बाक्लो सुरक्षा तैनाथी छ । वाइसीएललगायत विभिन्न भातृ संस्थाका लाल पोशाकधारी कार्यकर्ता पंक्तिवद्ध भएर राजमार्गमा प्रदर्शन थालेकाछन् । भारतको बिहार र पश्चिम बंगालबाट कच्चा पदार्थ लिएर आएका दर्जनौ मालवाहक कण्टेनर र ट्रक पूर्वपश्चिम र कोसी राजमार्ग खण्डमा अलपत्र परेपछि सुरक्षा प्रवन्धसहित घर जान प्रहरीलाई गुहारेका छन् ।
नारायणगढ संवाददाताका अनुसार हिजो परीक्षा बिथोल्ने क्रममा मओवादी कार्यकता बिद्यार्थी र प्रहरी बीच झडपका कारण तनावग्रस्त बनेको चितवनमा आज शान्तिपुर्ण प्रदर्शन भइरहेको छ । माओवादी कार्यकर्ताले भरतपुरको चौवीस कोठी देखि नारायणगढको पुल्चोकसम्म नारबाजी सहति ओहोर दोहोर गरिरहेका छन  ।
प्रदर्शनका क्रममा उनिहरुले जनवादी गीतमा नांचगान समेत गरेका छन । आइतवारको तुलनामा आज माओवादी कार्यकर्ता धेरै छन । चितवनमा तनाव भएपछि नेतृत्व प्रदान गर्न माओवादीका जिल्ला स्तरीय नेता राजधानीबाट फर्केका छन । चितवनका कार्यकर्ता र सर्वसाधरण माओवादीले राजधानी लगेका कारण यहां सहभागीता कम बनेको छ ।
नवलपरासीमापनि माओवादीले बिहानैदेखि लोकमार्गका ठाउठाउमा बिद्युतका पोल र ढुङ्गा राखेर राजमार्ग अबरुद्ध गरेका छन् । उनीहरुले गैडाकोट , कावासोती , प्रगतिनगर , चिसापानी , सुनवल लगायतका स्थानमा शान्तिपुर्ण प्रदर्शन थालेका छन् । माओवादी झाण्डा बोकेका कार्यकर्ताहरु नारावाजी शुरु गरेका छन् । आन्दोलन  शान्तिपुर्ण छ ।
जनकपुर संवाददाताका अनुसार जनकपुर बाजार पूर्णतः बन्द छ । यातायातका साधन चलेका छैनन । मुलुकको एकमात्र रेल सेवा चलेको छैन । जनकपुर चुरोट कारखानासहित यस क्षेत्रका साना र ठूला औद्योगिक संस्थाहरु बन्द छन् ।
बन्द सफल बनाउन विहानैदेखि माओवादी कार्यकर्ताहरु चोक चोकमा प्रदर्शन गर्दैछन । बन्द सफल बनाउन मधेस राज्य समितीका धनुषासहित महोतरी,सिरहा,सप्तरी र सर्लाहीबाट झण्डै एक हजार पूर्णकालीन कार्यकर्ताहरु अचेल जनकपुरमै वास बसेका छन् । उनिहरुको खाना बस्ने व्यवस्था जनकपुरकै धर्मशाला,मन्दिर,स्कूलआदिमा गरिएको छ ।  काभ्रेमा यातायात बजार बन्द भएपनि सरकारी कार्यालय खुलेको कान्तिपुर संवाददाता मनोज बस्नेतले जनाएका छन् । माओवादी कार्यकर्ताहरुले कार्यालय बन्द गर्न धम्की दिएपनि कार्यालयमा अधिकांस कर्मचारी उपस्थित छन् । तर बन्दको कारण सेवाग्राहीहरु उपस्थित छैनन ।

दैनिक झण्डै डेढ करोड रुपैया घाटा
बुटवल

माओवादीले आव्हान गरेको आमहडतालका कारण २ दिनयता रुपन्देहीका सबै उद्योगहरु बन्द भएका छन् ।
बुटवल औद्योगीक क्षेत्र लगायत जिल्लाभरका उद्योग बन्द हुदा रुपन्देहीका उद्योगीले मात्रै  दैनिक झण्डै डेढ करोड रुपैया घाटा व्यहोर्नु परेको रुपन्देही उद्योग संघले जनाएको छ । उद्योग बन्द भएपनि मजदुरहरुलाई तलब दिनुपर्ने र बैंकको व्याजसमेत तिर्नुपर्ने भएकाले बन्दमा उद्योगीहरु थप मर्कामा पर्ने गरेका छन् । यसैमाथि  उद्योगका लागि ल्याइएका कच्चा पदार्थहरु केही तत्काल प्रयोग नगरे बिग्रर्ने , थप विद्युतको रकम तिर्नु पर्ने भएकाले पनि बन्दमा उद्योगीहरुले थप घाटा व्यहोर्नु परेको संघका अध्यक्ष एजाज आलमले बताउनु भयो । रुपन्देहीमा ठुला साना गरी झण्डै चार हजार उद्योगहरु संचालीत छन् । ती उद्योगहरुमा झण्डै ७० हजार मजदुरहरु कार्यरत छन् ।

बन्दको प्रतिकार , झडप हुनवाट जोगियो
इनरुवा
 माओवादीले गरेको आमहडतालको सुनसरी सदरमुकाम इनरुवाका केही युवाहरुले प्रतिकार गरेका छन् । माओवादी कार्यकर्ताहरु संयमित देखिएकाले संभाबित झडप हुनवाट जोगिएको छ । बिहानैदेखी आशिंक रुपमा खुलेको इनरुवा वजार बन्द गराउदै हिडेका माओवादी कार्यकर्ताले हिजोदेखी नै यहा निर्वाध रुपमा संचालन भइरहेको मोटरसाइकल चलाउन रोक लगाउन थालेपछि मध्यान्न झडपको स्थिती उत्पन्न भएको थियो ।
 इनरुवा स्थित शान्ती चौकमा माओवादी कार्यकर्ताहरुले नेपाल पीछडावर्ग महासंघ सुनसरीका अध्यक्ष जितेन्द्र यादबको मोटरसाइकल रोकेपछि आएका युवाहरुले मोटरसाइकलमा चढी वजार परिक्रमा गर्दे वजार खोल्न दवाव दिएका थिए ।
माओवादी कार्यकर्ता सवारी साधन र वजार बन्द गराउदै हिडेका बेला युवाहरुको समुह मोटरसाइकल चलाउदै वजार खोल्न दवाव दिन थालेपछि केही बेर स्थिती तनावपुर्ण भएको थियो । तर माओवादी कार्यकर्ताहरु संयमित प्रर्दसन गर्दे पुर्व पश्चिम लोकमार्ग तर्फ गएपछि स्थिती सामान्य भएको थियो । माओवादीको प्रर्दसन सुनसरीको इटहरी र खनार तर्फ केन्दि्रत भएका कारण सदरमुकाम इनरुवामा थोरै संख्यामा रहेका माओवादीहरु क्ो उपीथती देखिएको छ ।

नवलपरासीमा राजमार्गमा नाचगान , सरकारी कार्यालय पनि बन्द
  नवलपरासी
नवलपरासीमा आज बिहानैदेखि माओवादीले राजमार्गमा शान्तिपुर्ण प्रदर्शन गरेका छन् ।  उनिहरुले बेल्डिहा , हर्कपुर र कावासोतीमा राजमार्गको बिचमा टन्टलापुर घाममा पन्चै बजाबजाएर नाचगान गरेका छन् । सैयो युवा , युवतिहरु  राजमार्गमा नाचगान गर्ने दाहोरी गाएर समय काटेका छन् ।
        उता सदरमुकाम परासीमा दिउसो माओवादीले सिट्टी जुलुश निकालेका छन् । करिब ५ सय कार्यकर्ताहरु सिट्टी बजाउदै राजमार्गमा दौडिएको स्थानिय दिपक भट्टराईले टेलिफोनमा जानकारी दिए । माओवादी कार्यकर्ताले कावासोतीमा रहेका एक दर्जन सरकारी कार्यालय बिहानैदेखि खुल्न दिएका छैनन । ईलाका प्रशासन, मालपोत , नापी , बिद्युत , टेलिकम , महिला बिकास कार्यालय र आधादर्जन भन्दा बढि बैंकहरु बन्द गराएका छन् । उनिहरुले सुरक्षाकर्मी र पत्रकारका सवारी साधन भने निर्वाधरुपमा संचालन हुन दिएका छन् ।

आमहडताल शान्तिपूर्ण होटल खाली
गाईघाट
 पटक पटक हुने गरेको आमहडताल र बन्दमा सधै भरि भराउ हुने यहाँका होटल लज पछिल्लो पटक माओवादीले आहृवान गरेको आम हड्ताल समयमा भने खाली नै रहेका छन ।
आमहडातलका कारण बाहिरबाट सर्वसाधरण नआएकाले खाली भएका हुन । बैक वित्तिय संस्था सहित सरकारी कार्यालय समेत बन्द भएकाले सदरमुकाम आउनेको संख्या न्यून रहेकेा छ । त्यसैगरि मुलकका विभिन्न भाग जानकालगाी छिमेकी जिल्ला खोटाङ, ओखलढुगा, भोजपुर र सोलुबाट आउने सर्वसाधरण पनि नआएकाले होटल लज खाली भएको होटल व्यावसायी संघले जनाएको छ ।
दैनिक ४०- ५० सर्वसाधरण हुने होटलमा दुई दिनयता दुई जनापनि पाहुना नआएको होटल व्यावसायी चन्द्र खत्रीले वताए । उनले भने "दुई दिन भयो होटलमा एक जानापनि पाहुना छैनन"। अन्य समयको बन्दमा बाहिरबाट आउनेकेा संख्या उल्लेखनिय भएपनि अहिलेको बन्दमा सर्वसाधरण नआएको उनले वताए ।
माओवादीले गरेकेा शहर र सदरमुकाम केन्दि्रत आन्दोलनमा आएकाहरुपनि होटलमा बास नबसेकेा प्रहरीले जनाएको छ । अन्य पाहुनपनि नआउने र आन्दोलकारीपनि होटलमा नबस्ने हुदाँ खाली भएको व्यावसायी बताउछन ।
लामो समयको प्रचार प्रसारपछि गरिएको आमहडतालका कारणपनि सर्वसाधरण घर छोडेर नहिडेकेा बेल्टार गाविसका पूर्व अध्यक्ष प्रदिप केसीले वताए । उनका अनुसार माओवादीले गाउँ गाउँबाट आफना कार्यकर्तालाई शहर र सदरमुकाम केन्दि्रत गरेकोले ग्रामिण बस्तीमा रहेकेा सर्वसाधरण आतकित छन । शहर र सदरमुकाम कव्जा गर्ने हल्लाका करणपनि सर्वसाधरण सदरमुकाम नगएको केसीले वताए ।  
सदरमुकाममा सर्वसाधरणको उपस्थिती नभएपनि माओवादी कार्यकर्ताको भने उल्लेखनिय उपस्थिती रहेकेा छ । जिल्लास्तरमा आन्दोलन परिचालक कमिटीका संयोजक एवंम् संबिधानसभाका सभासद् मोहन खत्रीको नेतृत्वमा रहेका कार्यकताले सन्यमित तरिकाले प्रर्दशन गर्ने गरेकेाले अन्य आन्दोलन भन्दा अहिलेको आन्दोलन भिन्नै देखिएको छ ।
बजार पसल बन्द गरेर सडकमा निसकिएका व्यावसायीलाई आफनो व्यावसाय नचलेपनि आन्दोलन शान्तिपूर्ण भएकोले सन्तोष भएको एक व्यावसायीले वताए । आन्दोलन शान्तिपूर्ण भएकोले व्यावसायीलाई असर नपुगेकेा बेल्टार उद्योग बाणिज्य संघका अध्यक्ष दिनेश खतिवडाले वताए ।

माओवादी कार्यकर्ता घाइते, दुइ पक्राउ
धरान-

माओवादीले आव्हान गरेको बन्दको दोश्रो दिन सोमबार सुनसरीको धरानमा स्थानीय युवाहरुले माओवादी कार्यकर्तालाई आक्रमण गरेका छन् । वन्दको अवज्ञा गरेको भन्दै मोटरसाइकलको चाबी खोसे पनि स्थानीय युवाहरुले माओवादी कार्यकर्ता प्रविण राईलाई आक्रमण गरेका थिए । घाइते राईको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
     स्थानीय युवाहरुको ढुङ्गा प्रहारबाट उनको टाउको फुटेको छ । धरान- १३ स्थित जिरोप्वाइन्टमा मोटरसाइकल रोक्ने क्रममा माओवादी कार्यकर्ता र स्थानीय एक युवाबीच विवाद भएको थियो ।
यसै गरी बन्दकर्ता र अवज्ञा गर्ने वीच विवाद भए पछि प्रहरीले स्थिति यन्त्रण गर्नेक्रममा दुइ माओवादी कार्यकर्ता पक्राउ गरेको छ । धरान- १ स्थित सिंहदेवी चोकमा मोटरसाइकल कुदाएको भन्दै चाबी खोस्ने क्रममा युवाहरुसंग विवाद भएपछि प्रहरीले अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रल्हाद राउत र माओवादीका एरिया कमिटि सदस्य कुमार राउत पक्राउ गरेकेा हो । पक्राउ परेको दुइ घण्टा पछि उनीहरुलाई छाडेको प्रहरीले जनाएको छ । विवाद बढेर झडप हुने स्थिति देखेर उनीहरुलाई नियन्त्रणमा लिनेक्रममा उनीहरुलाई सुरक्षाको लागि पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका अध्यक्ष राउतले आफुहरुलाई प्रहरीकै अगाडि ती स्थानीय युवाहरुले आक्रमण गरेर फरार भएकोले आक्रोश पोख्दा उल्टै प्रहरीले समातेको आरोप बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks