Loving nepal news

Monday, May 3, 2010

प्रधानमन्त्रीले राजिनामा नदिने / दस दलको बैठक जारी

काठमाडौ, वैशाख २० - माओवादी आमहडतालको बारेमा छलफल गर्न सरकार सर्मथित दस दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।  बैठकमा सहभागी हुन बालुवाटार पुगेका कांगे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्रीले राजिनामा नदिने बताएका छन् । उनका प्रतिक्रिया अनुसार सरकार माओवादीको आन्दोलन विरुद्ध कडारुपमा प्रस्तुत हुने संकेत दिएको छ । साथै माओवादीको आन्दोलन विषयमा दस दलले कडा निर्णय लिनेसमेत जनाइएको छ ।
दलका नेताहरुलाई उनीहरुकै घरबाट प्रहरीको भ्यानमा बालुवाटार पुर्‍याइएको छ । साथै बालुवाटारको सुरक्षा कडा पारिएको छ । बैठकका राष्ट्रिय जनशक्ति, राप्रपा, सदभावना लगायतका दलका नेताहरु सहभागीता रहेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks