Loving nepal news

Saturday, April 3, 2010

गणतन्त्रको संस्थागतका लागि शान्ति प्रक्रिया महत्वपूर्ण

युवा, जमिन र जडिबुटिको सहि सदुपयोग गर्न सकेमा नेपालमा आर्थिक विकासमा आमुल परिवर्तन ल्याउन सकिने

प्रकाश डोटेल स्याङ्जा–२०, चैत्र

राष्ट्रपति डा. रामबरण यादवले गणतन्त्रको संस्थागत विकासका लागि जारी शान्तिप्रक्रिया टुङ्गोमा पुग्नुपर्ने बताएका छन्। उनले शान्तिप्रक्रिया टुङ्गोमा पुर्‍याउन दलहरु बिचको एकता र सहकार्यको आवश्यकतामा जोड दिए। पँतञ्जली योगपीठ हरिद्धार भारतको सहयोगमा स्याङ्जाको वालिङ्मा निर्माण भएको योग तथा आयुर्वेद भवनको उद्घाटन गर्दै डा. यादवले उक्त कुरामा जोड दिएका हुन्। उनले दलहरुलाई एकताबद्ध भएर अगाडी बढाउन आम नेपालीले सकारात्मक दबाबकारी भूमिका खेल्नुको विकल्प नरहेको बताए। राष्ट्रिय एकता, सार्वभौमसत्ता सम्पन्न र राष्ट्रलाई समृद्ध बनाउन विगतका मतभेद त्याग्न राष्ट्रपति डा. यादवले सबैलाई आग्र्रह गरे। द्धन्द्धबाट मुक्ति र राजनीति रुपमा गभ्भिर मोडमा रहेको राष्ट्रलाई अगाडी बढाउन धार्मिक, सांस्कृति एकताले अहम भूमिका खेल्ने जिकिर गरे।
राष्ट्रपति डा. यादवले लोकतन्त्र मजबुद हुन् जातीय, धार्मिक र सांस्कृतिक एकता अपरिहार्य भएको बताए। उनले हिन्दु धर्मले नेपालमा सबै धर्मको मियोको रुपमा काम गरेको समेत दावी गरे। भवन उद्घाटनमा बोल्दै योगगुरु स्वामी रामदेवले वर्तमान युगमा युवा, जमिन र जडिबुटिको सहि सदुपयोग गर्न सकेमा नेपालमा आर्थिक विकासमा आमुल परिवर्तन ल्याउन सकिने बताए। त्यस अवसरमा आयुर्वेद शिरोमणी आचार्य बालकृष्णले स्वच्छ समृद्ध नेपाल निर्माणका लागि धर्मका नाममा भएका त्रुटिलाई सच्चाउनु पर्ने बताए। त्यस्तै स्थानिय समाजसेवि मुक्तिप्रसाद सुवेदीले राष्ट्रलाई स्वाधिन बनाउन सबैले त्याग गर्नुपर्ने बताए।
राष्ट्रपति डा. यादव वालिङ् आईपुग्दा एकीकृत नेकपा माओवादीका कार्यकर्ताले कालो झण्डा प्रदर्शन गरेका थिए। राष्ट्रपति विरुद्ध कालोझण्डा प्रदर्शन गर्दा प्रहरी मुखदर्शक बनेको थियो। कालोझण्डा प्रदर्शन गर्दै माओवादी कार्यकर्ताले राष्ट्रपतिलाई राजीनामा दिन समेत आग्रह गरेका थिए। स्याङ्जाको वालिङ् नगरपालिका–३, स्थित खेलमैदानको पूर्विभागमा करिव ४ रोपनी ७ आनामा भवन रहेको छ। करिव १० महिना अगाडी आचार्य बालकृष्णले शिलन्यास गरेको भवनको करिव २ करोड २५ लाखको लागतमा निर्माण सम्पन्न भएको हो। गरेक थिए।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks