Loving nepal news

Sunday, April 4, 2010

उच्चस्तरीय राजनीतिक संयन्त्रको आइतबारको बैठक स्थगित

काठमाडौँ, २२ चैत (दैनिकी)

राज्य पुनःसंरचना आयोग गठनमा प्रमुख तीन दलबीच सैद्धान्तिक सहमति भए पनि अन्य विषयमा मतैक्यता नहुँदा उच्चस्तरीय राजनीतिक संयन्त्रको आइतबारको बैठक स्थगित भएको छ । राज्य पुनःसंरचना आयोगलाई पुर्णता दिने विषयमा आइतबारको बैठकमा छलफल गर्ने कार्यसूची तय गरिएको थियो । एकीकृत नेकपा (माओवादी) का नेता नारायणकाजी श्रेष्ठले चाँडोभन्दा चाँडो संयन्त्रको बैठक हुनुपर्नेमा जोड दिँदै थाँती रहेका सबै मुद्दालाई किनारा लगाउनुपर्ने बताउनुभयो ।
उहाँले एमाले र काङ्गे्रसका कारण संयन्त्रले टुङ्ग्याउनु पर्ने विषयबारे छलफलको प्रयास भइरहेको जानकारी दिँदै यथाशक्य चाँडो बैठक गर्ने बताउनुभयो । रासस

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks