काठमाडौं, २६ चैत (दैनिकी)
कृषि विकास बैङ्कले सर्वसाधारणका लागि खुला गरेको रु. ९६ करोड बराबरको ९६ लाख कित्ता सेयरका लागि बुधबार अन्तिम दिनसम्म रु. दुईअर्ब ७० करोड बराबरको आवेदन परेको छ। सो सेयरका लागि कुल एकलाख १० हजार लगानीकर्ताले आवेदन भरेका छन्। बैकिङक्षेत्रको मात्र नभएर पुँजी बजारको इतिहासमै सबैभन्दा ठूलो प्राथमिक निष्कासनका रूपमा रहेको यो बैङ्कको सेयर जारी हुनलागेकै बेला वित्तीय क्षेत्रमा तरलता सङ्कुचन बढिरहेकाले सबै सेयर बिक्री हुनेमा आशङ्का थियो।
सो बैङ्कका कार्यकारी निर्देशक श्यामसिंह पाण्डेले सबैको आशङ्काविपरीत यस बैङ्कमा लगानी गर्नेको सङ्ख्यामा धेरै वृद्धि भएको दाबी गर्नुभयो। “प्राथमिक निष्कासन बैङ्कका लागि राम्रो सङ्केत सावित भयो”— पाण्डेले भन्नुभयो। मुलुकमा तरलता सङ्कुचन देखिरहेका बेला प्रथमिक निष्कासनले छरिएर रहेको पैसा बैकिङ प्रणालीमा आएको भन्दै उहाँले उपत्यकामा सो बैङ्कबारे केही नकारात्मक धारणा रहे पनि ग्रामीण क्षेत्रमा त्यस्तो स्थिति नरहेको बताउनुभयो। सेयर बिक्रीका लागि मुलुकभर २८८ केन्द्र तोकिएकामा कृषि विकास बैङ्कका मात्र २०० वटा शाखाले आवेदन सङ्कलन गरेका थिए। राजधानीमा रहेको सो बैङ्कको प्रधान कार्यलयमा मात्र रु. नौ करोड ३९ लाख ६७ हजार बराबरको तीनहजार ६०० आवेदन परेको बताइएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks