Loving nepal news

Monday, April 5, 2010

नेपाल पत्रकार महासंघको आपत्ति

झापाली सञ्चकर्मीले हातमा कलोपट्ट वाँधेर काम गरे

सञ्जीव चापागाई,झापा २३ चैत

झापावाट प्रकाशित नौलो आवाज साप्तिाहिको कार्यालयमा चर दिन अघि वम राखिएको घटनप्रति नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले आफ्नो ध्यानाकर्षा भएको जनाएको छ ।

महासंघका केन्द्रीय उपाध्यक्ष गोविन्द आचार्यले आज एक विज्ञप्ति जारी गरी चैत्र २० गते आफुलाइ ज्वाला सिंहका कार्यकर्ता वताउने नविन चौधरीले आफ्नो विषमा समाचार लेखिएको भन्दै भद्रपुर स्थीत पत्रीकाको कार्यलयमा सकेट वम राखेको घटनापत्री महासंघको ध्यानआकर्शण भएको जनाउनुभएको हो ।

प्रकाशित समाचरप्रचि चित्त नवुझे लिखित वा विधिवत ढंगले जानुपर्नेमा त्यसो नगरी वम राखि सञ्चारकर्मिलाई आतंकित पार्ने काम गरीनु निन्दनिय भएको भन्दै महासंघले घाटनाका दोशिलाई तत्काल पक्राउ गरी कार्वाहि गर्न माग गरेको छ ।

यसैविच संचार संस्था र संचारकर्मिको सुरक्षाको प्रत्याभुतिको माग गर्दै आन्दोलनमा उत्रिएका झापाली सञ्चाकर्मिहरुले आज हातमा कालो पट्ट वाँधेर काम गरीरहेका छन ।

नेपाल पत्रकार महासंघको निर्णय अनुसार झापाका सञ्चाकर्मिहरुले आज हातमा कालो पट्ट वाँधेर काम गरेका हुन ।

यस अघि हजो जिल्ला प्रशासन कार्यलयमा दुर्इ घण्टा धर्ना दिनुका साथै सुरक्षको माग सहित प्रमुख जिल्ला अधिकारी मार्फ प्रधानमन्त्री समक्ष ज्ञापन पत्र समेत वुझाइएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks