रोहित कुमार मण्डल सप्तरी, २३ चैत
सप्तरीको फत्तेपुर-३ स्थित बाङ्गे बजारमा व्यापक रुपमा अबैध मदिरा उत्पादन हुने गरेको छ । सप्तरी र उदयपुरको सीमाना त्रियुगा नदीको पुल नजिक रहेको सो बजारकाबासीन्दाहरुले व्यापक रुपमा अबैध मदिरा उत्पादन गर्दै आएको वर्षौबितिसक्दा पनि नियन्त्रणको पहल हुन नसकेको स्थानीयबासीहरु बताउछन । प्रहरीले अबैध मदिरा उत्पादन नियन्त्रण गर्न चासो नराख्दा पटक-पटक झै-झग्डा हुने गरेको स्थानीय पदम बहादुर र्राईले बताउनु भयो । त्यहाँ ठूलो परिमाणमा उत्पादित मदिरा जिल्लाको कोशी ब्यारेज, महुली बजार, र सुनसरीको भान्टाबारीमा समेत पुर्याएर बेच्ने गरेको उहाँले बताउनु भयो ।
उत्पादित मदिरा स्थानीय तहमा मात्र नबेची बाहिरका बजारमा समेत ठूलो परिमाणमा खपत हुने भएकाले व्यवसायीकै रुपमा अबैध मदिरा उत्पादन हुने गरेको उहाँको कथन छ । स्थानीय मतबाली र क्षेत्रीबाहुन पनि सो पेशामा सलग्न रहेको बताएको छ । अबैध मदिरा उत्पादन हुने गरेको कुरा स्वीकार्दै फत्तेपुर प्रहरी चौकी इन्चार्ज प्रेमबहादुर अधिकारीले स्थानी स्तरमा उत्पादित अबैध मदिरा स्थानीय स्तरमै खपत हुने र बाहिर नजाने गरेको बताउनु भयो । उहाँले बाङ्गेबजारमा कतिपयले पितृलाई चढाउन पनि रक्सी चाहिन्छ भन्ने गरेकोले आफु चाहेरपनि नियन्त्रण गर्न नसकेको बताउनु भयो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks