प्रकाश डोटेल स्याङजा २५ चैत्र
स्याङजाको थुमपोखरा गाउ बिकाश समिती वाडनं ६ भैसेखोलाका पुर्नगठित नेकपा माओवादीका जिल्ला इन्चार्ज भिम प्रसाद चापागाइको घरमा २०/२५ जनाको समुहमा आएका वाइसिएलको समुहले गएराती आक्रमण गर्दा चापागाईका घर परिवार सहित ५ जना घाइते भएका छन। घाइते हुनेमा पुर्नगठित नेकपा माओवादी स्याङजाका इन्चार्ज भिमप्रसाद चापागाईका बुबा हुमकान्त चापागाई आमा यामकला चापागाई, दाजु घनस्याम चापागाइ कान्छा बुबा लक्ष्मणप्रसाद चापागाई र छिमेकी कृण्णप्रसाद चापागाइ रहेका छन।
आक्रर्मणमा घाइते मध्ये दाजु घनस्याम चापागाइ र छिमेकी कृण्ण प्रसाद चापागाइ गम्भिर घाइते भइ उपचारार्थ पोखरा लगिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ। यसैविच पुर्नगठित नेकपा माओवादी स्याङजा जिल्ला संगठनले एक प्रेस बिज्ञप्ती जारी गरि घटनाबारे घोर भर्सना र दोषी उपर कारवाहीको माग गरेको छ। विज्ञप्तीमा बैचारिक रुपमा प्रतिरोध गर्न नसक्ने मण्डले शैलिमा एकिकृत माओवादीका तारा भुषालको निर्देशन र वाइसिएल जिल्ला इन्चार्ज किरणको नेतृत्वमा घटना घटाइएको उल्लेख गरिएको छ। बिज्ञप्तीमा अगाडी लेखिएको छ, घटनामा संलग्न दोषीलाइ कडा कारवाही नगरे आफुहरुले समेत प्रतिकार गर्ने जनाइएको छ।
उता नेकपा माओवादीका जिल्ला इन्चार्ज रमेश सिग्देलले भने आफुहरुको उक्त घटनामा कुनै संलग्नता नरहेको जनाएका छन। कुनै पनि ब्याक्तिमा पार्टी संगठन गर्नु उसको ब्यक्तिगत स्वतन्त्रता रहेको उल्लेख गर्दै पत्रकारलाई टेलिफोन मार्फत सिग्देलले भने, घटनामा माओवादी वाइसिएलको संग्लग्नता नभएको जिकिर गरे।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks