गणेश निरौला, इटहरी, २३ चैत
एमाले नेता प्रदिप नेपालले वर्तमान सरकारको विकल्पमा अन्यँ कुनै सरकार नभएको दावी गर्नुभएको छ । प्रेस चौतारी सुनसरीले आज इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमो उहाँले त्यस्तो कुरा बताउनुभएको हो ।
अहिलेको आवश्यक्ता भनेको समयमै संविधान निर्माण गर्नु रहेको बताउदै उहाँले वर्तमान राजनीतिक अवस्थाले तोकिएकै समयमा संविधान जारी हुन नसक्ने अवस्था आएको ठोकुवा गर्नुभयो ।उहाँले भन्नुभयो,-जुन पार्टीको सरकार भएपनि संबिधान तोकिएकै समयमा निर्माण गर्न सक्दैन किन सरकार परिवर्तन गर्नु ।
सरकार परिवर्तनका लागि एमालेभित्रै एक आपसमा किचलो उत्पन्न भएको स्वीकार गर्दै उहाँले पार्टीभित्रमा पनि नेतृत्वको होडवाजीले दलहरुवीच असहज परिस्थिति उत्पन्न भएको बताउनुभयो ।
लोकतन्त्र आएपछि वनेको तीनवटै सरकारले जनचाहान अनुरुप काम गर्न नसकेको दावी गर्दै नेता नेपालले एकिकृत नेकपा माओवादीले आफु सरकारमा वस्दा संविधान वनाउने पक्षमा केही काम नगरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो,- अहिले पनि केही नेताहरु सरकार परिवर्तको पक्षमा छन उनिहरुको सपना साकार हुदैन ।
उहाँले पहिलेको सरकारले भन्दा अहिलेको सरकारले ठुलै काम गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो,- बर्तमान सरकारले क्यान्टोनमेण्टमा रहेका अयोग्य लडाकु वहिर्गमन गराउन र क्यान्टोनमेण्टमा रहेका माओवाली लडाकु व्यवस्थापनका सफल भएको छ । ।
संविधान वनाउनका लागि अहिले देखिएको जटिलता उत्पन्न हुनुमा संविधानसभालाई संसदको समेत मान्यता दिनुको मुख्य कारण भएको बताउदै उहाँले संबिधानसभालाई संसदको अधिकार पनि दिनु ठूलो राजनैतिक भूल भएको टिप्पणी गर्नुभयो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks