Loving nepal news

Thursday, April 8, 2010

जेठाजुले आफ्नै बुहारीको हत्या

पर्सा, २६ चैत (दैनिकी)

वीरगन्ज उपमहानगरपालिका वडा नं. १६ मुर्लीमा बिहीबार बिहान जेठाजुले आफ्नै बुहारीको हत्या गरेका छन्। सामान्य विवादमा जेठाजु अवधेस साहकानुले खन्तीले प्रहार गर्दा २५ वर्षीया उषादेवी कानुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गम्भीर घाइते भएकी उषाको उपचारका क्रममा वीरगन्जको भेडियाहीस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो। प्रहरीका अनुसार घटनापछि फरार भएका अभियुक्तको तदारुकताका साथ खोजी भइरहेको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks