Loving nepal news

Wednesday, April 7, 2010

माओवादीको सरकार गठन नभए संविधान नबन्ने

भारतले असमान सन्धि तथा सम्झौता खारेज गरेमा मात्र उसँग सम्बन्ध सुमधुर हुनसक्छ

गुल्मी, २५ चैत (दैनिकी)

एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष डा.बाबुराम भट्टराईले दुईतिहाई वहुमत भएको सरकारले मात्र संविधान निर्माण गर्न सक्ने बताउनुभएको छ। नेपाल पत्रकार महासङ्घ गुल्मीले बुधबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले माओवादीको नेतृत्वमा सरकार गठन नभए जेठ १४ मा नयाँ संविधान निर्माण हुन नसक्ने बताउनुभएको छ। उहाँले सबैभन्दा ठूलोदलको नेतृत्वमा गठन हुने संयुक्त सरकारले राष्ट्रिय सहमति निर्माण गरी संविधान निर्माण र शान्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याउँने दाबी गर्नु भयो।
माओवादीले भारतलाई हेर्ने दृष्टिकोणको बारेमा पत्रकारहरुले राखेको जिज्ञासामा भट्टराईले कम्युनिष्टहरु कहिल्यै पनि कुनै देश विरोधी हुदैनन् तर भारतले गरेको सीमा अतिक्रमण, आर्थिक तथा व्यापारलगायतका असमान सन्धि तथा सम्झौता खारेज गरेमा मात्र उसँग सम्बन्ध सुमधुर हुनसक्छ भन्नुभयो। कार्यक्रम नेपाल पत्रकार महासङ्घका अध्यक्ष जनार्दन घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks