नेपाली सिने बजारलाइ बिदेशी बजारमा व्यापार प्रवर्द्धन गर्ने उदेश्यले यस प्रकारको थालनी
पेशल लुइटेल अष्ट्रेलिया २० चैत्र
पहिलो सातामा राम्रो व्यापार गरेपछि नेपाली चलचित्र गड लिभ्स इन दि हिमालयज अष्ट्रेलियाको मेलवर्न शहरमा दोस्रो साता पनि चल्न सफल भएको छ । दैनिक पाँच सो चलिरहेको उक्त चलचित्र गएको २५ मार्च देखि मेलवर्नको ग्रेटर युनियन सिटि सिनेमा हलमा प्रदर्शन शुरु भएको थियो । हलद्बारा जारी पत्र अनुसार पहिलो साता नेपाली सिनेमाले उत्कृष्ट व्यापार गरेको कारण हामी दोस्रो साता ७ अप्रिल सम्म यस सिनेमालाइ प्रदर्शन गर्ने निर्णय गर्दछौ भनिएको छ । साथै हलले दोस्रो साता पहिलो साताको तुलनामा ५० प्रतिशत व्यापार गरेमा तेस्रो साता पनि गड लिभ्स इन दि हिमालयज देखाउने निर्णयमा पुगेको ग्रेटर युनियनकी क्लेयर ग्याण्डीले बताएकी छिन् ।
नेपालीहरुद्धारा हालै शुरु गरिएको सोलान्चर नामक व्यापारिक कंपनिले उक्त नेपाली चलचित्र अष्ट्रेलिया भित्राएको हो । सोलान्चरले जनाएअनुसार यस नेपाली चलचित्र मेलवर्नका अलावा बिर्च क्यारोल एण्ड कोयल ब्रिसबेनमा १५ अप्रिल बाट र बेभर्ली हिल सिनेमा सिड्नीमा ६ मे बाट प्रदर्शन हुनेछ । नेपाली सिने बजारलाइ हामीले बिदेशी बजारमा व्यापार प्रवर्द्धन गर्ने उदेश्यले यस प्रकारको थालनी गरेका हौ सोलान्चरका इभेन्ट डाइरेक्टर राजु शाक्यले भने । उनका अनुसार अष्ट्रेलियाका राम्रा मानिने हलहरुमा प्रदर्शन गरिने यो चलचित्र नेपाली दर्शकले रुचाएमा महिनाको यौटा नेपाली चलचित्र देखाउने लक्ष्य सोलान्चरले लिएको छ। हामी नेपाली चलचित्रलाइ विदेशी बजारमा व्यवसायीक ढंगले प्रस्तुत गर्दैछौं। यसमा नेपाली समुदायले साथ दिदाँ नेपाली सिने बजार विदेशमा पनि फस्टाउन सक्छ भन्ने उदाहरण मेलवर्नमा दैनिक ५ सो मा चलिरहेको यस फिल्मले प्रमाणित गरिदिएको छ । गड् लिभ्स इन दि हिमालयज सोलान्चरले दर्शकको भीड रहेमा १५ दिन सम्म प्रदर्शन गर्ने सहमति हलहरुसँग गरेको छ। मेलवर्नमा त दर्शकले साथ दिए अब ब्रिसबेन र सिड्नीमा हेर्न बाँकी छ ।
बाल मनोविज्ञान र मनोविश्लेषणमा आधारित उक्त चलचित्र संजय श्रीनिवासद्वारा निर्देशित हो । नेपालका चर्चित कलाकारहरु माल्भिका सुब्बा, मेलिना मानन्धर, धिरेन शाक्य, सुनिल थापा आदिको भूमिका यसमा रहेको छ। बिज्वल गिरी, सपना के।सी।, बब करन्जित, सगुन के।सी। आदि बालकलाकारको मूख्य भूमिका रहेको नेपाली चलचित्रको अंग्रेजी सब्टाइटल पनि रहेको छ। अग्रेजी सबटाइटलका कारण नेपाली मात्र नभइ विदेशी दर्शकहरु पनि आकृष्ट भइरहेका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks