Loving nepal news

Tuesday, April 6, 2010

सञ्चारमाध्यममाथिको हस्तक्षेप बन्द गर

काठमाडौं, २५ चैत (दैनिकी)

नेपाल उद्योग वाणिज्य महासङ्घले आफूलाई एकीकृत नेकपा माओवादीको भ्रातृ सङ्गठनको सदस्य दाबी गर्ने समूहबाट राष्ट्रिय दैनिक राजधानीका प्रकाशनहरुको बिक्रीवितरणमा अवरोध पुर्‍याउनुका साथै पत्रिका लुट्ने तथा पत्रिकाका कर्मचारी माथि हातपात एवम् धम्की दिने कार्य भएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्ता कार्यबाट जनताको सुसूचित हुने अधिकार माथि ठाडो उल्लङ्घन भएको ठहर गर्दै महासङ्घले यस्ता कार्यको निन्दा एवम् भर्त्सना पनि गरेको छ।
महासङ्घद्वारा जारी विज्ञप्तिमा राजधानी दैनिकको बिक्रीवितरणमा अवरोध सिर्जना गरी जनताको सुसूचित हुने अधिकारलाई कुण्ठित पारिएको अवस्थामा सम्बन्धित राजनीतिक दलका तर्फबाट त्यस्ता कार्यमाथि अविलम्ब हस्तक्षेप गरी जनताको मौलिक अधिकारको रक्षा गर्ने आफ्नो जिम्मेवारी निर्वाह गर्न अपिल गर्दै पत्रिका बिक्रीवितरण गर्न दिन तथा सञ्चारमाध्यममा सुरक्षाको प्रत्याभूति दिलाउने पहल गर्न सबै पक्षसँग आग्रह गरिएको छ।
पत्रिकाजस्तो आमजनताको सरोकारसँग प्रत्यक्ष गाँसिएको संवेदनशील क्षेत्रमा हस्तक्षेप नगरी जिम्मेवाररुपमा प्रस्तुत हुन र वार्ताबाटै समस्या समाधान गर्न महासङ्घ आग्रह गर्दछ– विज्ञप्तिमा उल्लेख छ। रासस

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks