आफ्नै नेतालाई कारबाहीको माग गर्दै पार्टी कार्यालयमा नाराबाजी
ललितपुर, २६ चैत (दैनिकी)
जिल्ला सभापतिलाई कारबाही, अनियमित तरिकाले वितरण गरेको क्रियाशील सदस्यता खारेजी लगायतका माग राखी नेपाली काङ्ग्रेस, क्षेत्रीय कार्यसमिति, रामेछापका कार्यकर्ताले ललितपुर सानेपास्थित नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । जिल्लाका पुर्व सभापति, नेपाल तरुण दलका जिल्ला अध्यक्ष, नेविसङ्घका जिल्ला अध्यक्षलगायतका कार्यकर्ताले केन्द्रीय समितिको बैठकमा आएका सदस्यहरूलाई अवरोध पुर्याउँदै नाराबाजी गरिरहेका छन् । केन्द्रको परिपत्रविपरीत सभापति रामचन्द्र खड्काले क्रियाशील सदस्यता वितरण गरेको भन्दै उनीहरूले कारबाहीको माग गरेका छन् ।
सभापति खड्काले विगतमा पनि पार्टी विधान विपरीत काम गरेको भन्दै कारबाहीका लागि पार्टी केन्द्रीय नेतृत्वसमक्ष परिपत्र गरिए पनि कुनै सुनुवाइ नभएको उनीहरूले गुनासो गरका छन् । हिजोदेखि जारी नेपाली काङ्ग्रेस केन्द्रीय समितिको बैठक आज पनि पार्टी कार्यालय, सानेपामा सुरु भएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks