सुरेश गिरी सुर्खेत,२२ चैत
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा स्थापन गर्न माग गर्दै विश्वविद्यालय स्थापना संर्घष समिति सुर्खेतले आज जिल्ला प्रसासन कार्यालयमा ज्ञापनपत्र वुझाउने भएको छ । संसदमा दर्ता भईसकेको प्रस्तावित मध्यपश्चिमाञ्चल विश्व विद्यालय विद्येयक सरकारले फिर्ता लिने निर्णय गरेको भन्दै अन्दोलनमा उत्रिएको समितिले जिल्ला प्रशासन मार्फ सरकारलाई ज्ञापनपत्र बुझाउन लागेको हो । सरकारले गरेको निर्णय विरुद्ध संर्घष समितिले भोली दिउँसो स्थानिय मंगलगढि चौकबाट मोटरसाइकल र्यालि प्रर्दशन गर्ने समेत निर्णय गरेको छ ।
संसदमा दर्ता भइसकेको विद्ययक फिर्ता नभइ पारित गराउन सुर्खेतबाट संविधानसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलका प्रतिनिधिहरुलाई दवाव दिन आग्रह गरिने संर्घष समितिका अध्यक्ष भुषणकुमार मानन्धरले जानकारी दिनुभयो । सरकारले गरेको निर्णय तत्काल फिर्ता गरि मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमै स्थापन गराउनका लागि दवाव दिन सवै राजनीतिक दल,नागरकि समाज, पत्रकार, सरकारी तथा गैर सरकारी संघसंस्थालाई आग्रह गरिएको छ ।
यस अघि गठन भएका दुवै आयोगले मध्यपश्चिमाञ्चल विश्व विद्यालय सुर्खेतमा स्थापना गर्न उपयुक्त भएको भन्दै संसदामा विद्येयक दर्ता गराएको थियो । मध्य पश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमै स्थापना गराउन सुर्खेतमा मात्र नभइ केन्द्रमा पनि शसक्तरुपमा आन्दोलन गर्ने समितिले जनाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks